काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार शेयर बजारमा झिनो अंकले घटेको छ। नेप्से परिसूचक १.४६ अंकले घटेर २७००.६५ को विन्दुमा झरेको हो।
बजार घट्दा नेप्से उपसमूहमा रहेका ३ वटा समूह बढेक छन् भने १० वटा घटेका छन्। यो दिन वित्त समूह सर्वाधिक १.०१ प्रतिशतले बढ्दा म्युचुअल फन्ड समूह ०.६८ प्रतिशतले घटेको छ।
यो दिन बजारमा ११६ कम्पनीको शेयरभाउ बढेको छ भने १४३ कम्पनीको घटेको छ। आज १४ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ४ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार सोपान फर्मास्युटिकल्सको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- सोपान फर्मास्युटिकल्सः ३७ करोड ४४ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः ३० करोड ५१ लाख रुपैयाँ
- एनबीबीएल डिबेन्चरः २८ करोड ९१ लाख रुपैयाँ
- स्वावलम्बन लघुवित्तः २० करोड ३४ लाख रुपैयाँ
- आँखुखोला जलविद्युतः १७ करोड ३२ लाख रुपैयाँ
- जीबीआईएल डिबेन्चरः १५ करोड ९५ लाख रुपैयाँ
- रिलायन्स स्पिनिङ मिल्सः १२ करोड ८४ लाख रुपैयाँ
- सेन्ट्रल फाइनान्सः १० करोड ७ लाख रुपैयाँ
- बुंगल हाइड्रोः ९ करोड ४९ लाख रुपैयाँ
- मञ्जुश्री फाइनान्सः ८ करोड २४ लाख रुपैयाँ












