काठमाडौं । इजरायलले लेबनानमा आक्रमण गरेपछि स्ट्रेट अफ होर्मुज बन्द गरिएको छ। अमेरिका र इरानबीच शान्ति सम्झौता भएको केही दिनपछि इरानको यो निर्णय आएको हो।
यसैबीच इरानले होर्मुज बन्द गरेको विषयलाई बेवास्ता गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुजमा टोल कर (शुल्क) लगाउने प्रस्ताव गरेका छन्। ‘वासिंगटन र तेहरानबीचको ६० दिने युद्धविरामका क्रममा होर्मुजबाट गुज्रने जहाजहरुमा कुनै टोल लगाइने छैन। तर, यदि शान्ति सम्झौता असफल भयो भने अमेरिकाले भविष्यमा शुल्क लगाउने सम्भावना छ’, ट्रम्पले भने, ‘मध्यपूर्वी देशहरुलाई उनीहरुको नोक्सानको क्षतिपूर्ति दिन यो टोल कर लगाइनेछ। यद्यपि, ट्रम्पले इरानले होर्मुज बन्द गरेको विषयलाई सम्बोधन गरेनन्। यद्यपि, होर्मुजको बन्दले फेरि तनाव बढाएको छ।
आफ्नै रिस्कमा होर्मुजमा इन्ट्री
इजरायली कोर अफ ग्यारेन्टरले लेबनानमा इजरायलको कारबाही र अमेरिकाले युद्धविराम प्रतिबद्धता पालना गर्न असफल भएको उल्लेख गर्दै जहाजहरुलाई होर्मुजबाट टाढा रहन चेतावनी दिएको थियो। उसले भनेको छ, ‘होर्मुजमा प्रवेश गर्न जहाजहरु आफैँले जोखिम उठाउनुपर्नेछ।’
फेरि तेल संकट
इरानको निर्णयले ऊर्जा आपूर्तिमा संकटको खतरा बढेको देखिन्छ। यो घोषणाले विश्वव्यापी ऊर्जा आपूर्तिको बारेमा चिन्ताहरु नयाँ बनाएको छ। किनकि होर्मुज तेल र ग्यास निर्यातको लागि एक प्रमुख मार्ग हो। सोमबार बजार खुल्दा तेलको मूल्य फेरि बढ्न सक्छ।
यसैबीच अमेरिकी केन्द्रीय कमान्डका अनुसार १ करोड ७० लाख ब्यारेलभन्दा बढी तेल र अन्य कार्गो बोकेका ५५ व्यापारिक जहाजहरुले शनिबार होर्मुज पार गरेका छन् र व्यावसायिक सामानहरुको निरन्तर प्रवाह सुनिश्चित गर्ने वाचा गरेका छन्।
इरानले होर्मुज र सम्झौताका बारेमा के भन्यो ?
इरानका सर्वोच्च नेता आयतोल्लाह मोज्तबा खामेनीका सल्लाहकार मोहम्मद मोख्बरले लेबनानसहित सबै मोर्चामा युद्धविराम आवश्यक पर्ने १४ बुँदे अन्तरिम सम्झौताको पहिलो धारा लागू गर्न वासिंटन असफल भएको आरोप लगाएका छन्। मोख्बरले सम्झौता व्यवहारमा लागू नभएसम्म मध्यपूर्वमा ऊर्जा आपूर्ति अवरुद्ध हुने चेतावनी दिए। इजरायली सेना र हिज्बुल्लाहबीच पुनः झडप भइरहेको बेला उनको टिप्पणी आएको हो। यसले लेबनानी युद्धविरामको दिगोपनमा नयाँ शंका उत्पन्न गरेको छ। –एजेन्सी












