IME Life New

ऋणपत्रमा झुम्मिन थाले लगानीकर्ता, टप टेन टर्नओभरमा ४ डिबेन्चर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजारमा झिनो अंकले बढेको छ। नेप्से परिसूचक १.६३ अंकले बढेर २७०२.११ को विन्दुमा बन्द भएको हो।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका ७ वटा समूह बढेका छन् भने ६ वटा घटेका छन्। यो दिन व्यापार समूह सर्वाधिक ०.७५ प्रतिशतले बढ्दा म्युचुअल फन्ड समूह सर्वाधिक ०.४९ प्रतिशतले घटेको छ।

Esewa
Crest

यो दिन बजारमा ११६ कम्पनीको शेयरभाउ बढेको छ भने १४० कम्पनीको घटेको छ। आज १७ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज साढे ४ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार ग्लोबल आइएमई बैंकका डिबेन्चेरहरुको भएको छ। आज ४ वटा डिबेन्चर (डिबेन्चर)को सर्वाधिक कारोबार भएको छ। यद्यपि, सर्वाधिक कारोबार भएका २ डिबेन्चरको मूल्य घटेको भने २ वटाको बढेको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • ग्लोबल आइएमई बैंक डिबेन्चर ८६।८७ः ३३ करोड ११ लाख रुपैयाँ
  • ग्लोबल आइएमई बैंक डिबेन्चर ८४।८५ः ३२ करोड ७६ लाख रुपैयाँ
  • सोपान फर्मास्युटिकल्सः २० करोड १३ लाख रुपैयाँ
  • आँखुखेला जलविद्युतः १९ करोड ५२ लाख रुपैयाँ
  • युनाइटेड मोदी हाइड्रोपावरः १४ करोड २९ लाख रुपैयाँ
  • नेपाल बैंक डिबेन्चरः १३ करोड ३९ लाख रुपैयाँ
  • बुंगल हाइड्रोः ११ करोड ३९ लाख रुपैयाँ
  • सोलु हाइड्रोपावरः ८ करोड ७१ लाख रुपैयाँ
  • नबिल डिबेन्चरः ८ करोड ६० लाख रुपैयाँ
  • सिटी होटलः ८ करोड ३४ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS