काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुन चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा १ सय रुपैयाँले घटेको हो।
यससँगै आज सुन प्रतितोला सुन २ लाख ९७ हजार २ सय रुपैयाँ कायम छ। हिजो प्रतितोला सुन २ लाख ९७ हजार ३ रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ पनि सामान्य घटेको छ । आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ४ हजार ९४५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो।












