IME Life New

एभरेष्ट कलरको आइपीओ बाँडफाँट, तपाइँलाई पर्यो कि परेन ? यसरी हेर्नुहोस्

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एभरेष्ट कलरको आइपीओ आज असार ४ गते बाँडफाँट गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालय आज बिहान आइपीओ बाँडफाँट गरिएको हो।

कम्पनीले गते जेठ २२ गतेदेखि जेठ २५ गतेसम्म सर्वसाधारणलाई आइपीओ बिक्री गरेको थियो। दोस्रो चरणमा कम्पनीले सर्वसाधारणलाई १०० रुपैयाँ अंकित दरका कुल ६ लाख ५५ हजार ७०० कित्ता शेयर बिक्री गरेको थियो।

Esewa
Crest

क्यापिटलका अनुसार यो आइपीओमा २६ लाख ८७ हजार ४२१ आवेदकबाट कुल २ करोड ८८ लाख ३३ हजार ७२० कित्ता शेयर माग भएको थियो। जसमा २६ लाख ४१ हजार ९५९ आवेदकबाट माग भएको २ करोड ८२ लाख ९५ हजार ६९० कित्ता शेयर सदर भएको थियो। यस हिसाबले ४५ हजार ४६२ आवेदकबाट परेको ५ लाख ३८ हजार ३० कित्ता शेयर बदर भएको छ।

एभरेष्ट कलरको आइपीओ मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसमा भाग्यमानी ६५ हजार ५७० आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्। यस हिसाबले २५ लाख ७६ हजार ३८९ आवेदकको हात खाली भएको छ।

यो आइपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। लगानीकर्ताले अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धकको वेबसाइटसँगै सीडीएससीको ‘मेरो शेयर’ र iporesult.cdsc.com.np मा गएर हेर्न सकिन्छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS