IME Life New

बैंकका कर्मचारीको अनुचित कार्य रोक्न कडा रुपमा प्रस्तुत हुँदै राष्ट्र बैंक, यी काम गरे कारबाही

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी अनुचित कार्यमा अंकुश लगाउन नेपाल राष्ट्र बैंक कडाइ प्रस्तुत हुने भएको छ।

केन्द्रीय बैंकले बंक तथा वित्तीय संस्थाका लागि नमुनाका रुपमा जारी गरेको कर्मचारी सेवा विनियमावलीमा संशोधन गर्दै तयार गरेको मस्यौदामा केही कडा व्यवस्था थप्ने प्रस्ताव गरेको हो। बैंक तथा वित्तीय संस्था कर्मचारीले आफ्नो जबाफदेहीताअन्तर्गतका कार्य सम्पादन गर्दा सदैव बैंक तथा वित्तीय संस्थाको भलो चिताई इमान्दारिता तथा बफादारिताका साथ गर्नुपर्ने व्यवस्थालाई प्रभावकारी बनाउन राष्ट्र बैंकले मस्यौदामा केही कडा प्रावधान थप गरेको हो।

Esewa
Crest

यस्ता छन् मस्यौदामा थप गरिएका प्रावधान

  • बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीले ग्राहक वा अन्य कसैलाई डरधाक/धम्की देखाई वा जवरजस्ती गरी वा प्रलोभनमा पारी निजको इच्छा विपरीत कुनै कार्य गर्न/गराउन वा कर्मचारीको जानकारी वेगर निजको नाममा नक्कली दस्तखत गरी कुनै पत्राचार वा लिखत तयार गर्न गराउन पाइने छैन।
  • बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीले संस्थाका ग्राहकलाई प्रलोभनमा पारी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन लगाई आफूले प्रयोग गर्ने वा ग्राहकलाई आफ्नो पदीय प्रभावमा पारी आफ्नो व्यक्तिगत फाइदा हुने गरी कुनै पनि आर्थिक कारोबार गर्न पाइने छैन।
  • कर्मचारीले ग्राहकलाई सेवा दिँदा आफ्नो नैतिक आचरणमा रही, इमान्दार भई सेवा दिनुपर्नेछ। कुनै पनि ग्राहकले कुनै कर्मचारीले आफूमाथि दुव्र्यवहार गरेको वा अनैतिक काम गरेको भन्ने वातावरणको सिर्जना भई संस्थाको प्रतिष्ठामा नै आँच आउने परिस्थितिको सिर्जना गर्न पाइने छैन।
  • कुनै पनि बैंक तथा वित्तीय संस्था र ऋण असुली न्यायाधीकरणलगायत अन्य निकायहरुबाट गरिने लिलाम बढाबढलगायत ऋण असुलीसम्बन्धी कार्यहरुमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाका कर्मचारी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहभागी हुन पाउने छैनन्।
  • कर्मचारीले ग्राहकसँग आफू वा आफ्नो परिवारका सदस्य वा अन्य कुनै पनि माध्यममार्फत कुनै अनुचित लेनदेन गर्न पाइने छैन।

यी प्रावाधन उल्लेख गरेको पाइएमा त्यस्ता कर्मचारीलाई नियमानुसार कारबाही गर्न र गर्ने पनि मस्यौदामा राष्ट्र बैंकले प्रस्ताव गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS