IME Life New

चीनको ‘लामखुट्टे ड्रोन’: जासुसी र निगरानीको नयाँ खतरा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्राविधिक संसारले साना उपकरणहरु सिर्जना गर्न दौडिरहेको बेला चीनले एउटा ड्रोन विकास गरेको छ। जसले गोपनीयता र सुरक्षाका बारेमा विश्वव्यापी बहस सुरु गरेको छ। चीनको राष्ट्रिय रक्षा प्रविधि विश्वविद्यालय (एनयूडीटी)ले एउटा सानो लामखुट्टेको आकार र तौल भएको माइक्रो–ड्रोन विकास गरेको छ।

यो ड्रोनको डिजाइन के हो ?

Esewa
Crest

यो कुनै साधारण ड्रोन होइन। यो प्रोटोटाइपको तौल केवल ०.३ ग्राम छ। यसलाई यसरी डिजाइन गरिएको छ कि पहिलो नजरमा यो ग्याजेट नभई किरा वा पातजस्तो देखिन्छ।

पखेटाः यसको पखेटा रुखको पातजस्तै आकारको छ। जसले उडान गर्दा यसलाई प्राकृतिक उपस्थिति प्राप्त गर्न मद्दत गर्दछ।

संरचनाः यसको बडी अत्यन्तै पातलो र हलुका छ।

सेन्सरः यो सानो शरीर परिष्कृत र सूक्ष्म सेन्सरहरुले सुसज्जित छ। जुन गोप्य रुपमा तस्बिरहरु लिन, भ्वाइस रेकर्ड गर्न र डाटा संकलन गर्न सक्षम छ।

राडारबाट बच्ने, जासुसी गर्नमा निपुण

यस ड्रोनको सबैभन्दा महत्वपूर्ण र खतरनाक विशेषता भनेको यो राडार–चुक्ने हो। यसको अत्यन्तै सानो आकार र विशेष सामग्रीका कारण सैन्य–ग्रेड राडारहरुले पनि यसलाई पत्ता लगाउन सक्दैनन्। यो सजिलै घर, सरकारी कार्यालय वा संवेदनशील भवनमा झ्याल वा प्वालबाट कसैलाई थाहा नदिई प्रवेश गर्न सक्छ।

प्राविधिक कमजोरीहरु पनि प्रकट

यद्यपि यो प्रविधि विज्ञान–कथा फिल्मको जस्तो लाग्न सक्छ। विज्ञहरुले यसको प्रयोगले अझै पनि धेरै ठूला चुनौतीहरुको सामना गर्नुपरेको विश्वास गर्छन्।

कम ब्याट्री आयुः सानो आकारका कारण यसले ठूलो ब्याट्री समायोजन गर्न सक्दैन। त्यसैले यो कम समयका लागिमात्र उड्न सक्छ।

हावाको जोखिमः केवल ०.३ ग्राम तौल भएकोले हावाको तीव्र गतिले यसलाई उडाउन वा यसलाई बाटोबाट हटाउन सक्छ।

विश्वर डर र सामाजिक सञ्जालमा मिम्स

यो समाचार बाहिर आउने बित्तिकै मानिसहरु आफ्नो गोपनीयताका बारेमा चिन्तित भएका छन्। मानिसहरु विश्वास गर्छन् कि भविष्यमा कुनै पनि ठाउँ सुरक्षित हुने छैन।

अर्कोतर्फ सामाजिक सञ्जालले पनि रमाइलो प्रतिक्रियाहरु देखिरहेका छन्। कोही–कोहीले कम्प्युटर बगहरु अब वास्तविक उड्ने कीराहरु बनेका छन् भनेर मजाक गरिरहेका छन्। केही प्रयोगकर्ताले यसको सामना गर्न लामखुट्टे र्याकेट वा बग जापरहरु प्रयोग गर्न सुझाव पनि दिएका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS