काठमाडौं । विश्वका सबैभन्दा धनीव्यक्ति एलन मस्कको कम्पनी स्पेसएक्सको शुक्रबार अमेरिकी शेयर बजारमा धमाकेदार इन्ट्री भयो। योसँगै २.११ ट्रिलियन डलरको बजार पुँजीकरणका साथै स्पेसएक्स विश्वकै सातौँ ठूलो मूल्यवान कम्पनी बन्न सफल भएको छ।
अब स्पेसएक्सभन्दा अगाडि एनभिडिया, अल्फाबेट, एप्पल, माइक्रोसफ्ट, एजेन र टीएसएमसी रहेको छ। स्पेसएक्सको स्थापना सन् २००२ मा भएको थियो र २ ट्रिलियन डलरको बजार पुँजीकरण भएको कम्पनी बन्न केवल २४ वर्षमा मात्र लागेको छ। जब कि साउदी अरबको तेल कम्पनी साउदी अरामलाई यो उचाइ हासिल गर्न ८६ वर्ष लागेको थियो।
गुगलको मूल कम्पनी अल्फाबेटले मात्र २ ट्रिलियन डलरको बजार पुँजीकरणमा पुग्न स्पेसएक्सभन्दा कम समय लिएको छ। अल्फाबेटले यो उपलब्धि २३ वर्षमा हासिल गर्यो।
जेफ बेजोसको कम्पनी अमेजनले ३० वर्षमा यो उपलब्धि हासिल गरेको थियो भने एनभिडियाले ३१ वर्ष लगाएको थियो। त्यस्तै ब्रोडकमले ३५ वर्ष, टीएसएमसीले ३९ वर्ष, एप्पलले ४४ वर्ष र माइक्रोसफ्टले ४६ वर्ष लगाएर २ ट्रिलियन डलर बजार पुँजीकरण पुर्याएको थियो।
एनभिडिया ४.९७ ट्रिलियन डलरको बजार पुँजीकरणसहित विश्वको सबैभन्दा मूल्यवान कम्पनी हो। अल्फाबेट ४.३७ ट्रिलियन डलरसहित दोस्रो स्थानमा र एप्पल ४.२६ ट्रिलियन डलर तेस्रो स्थानमा छ।
यसैगरी माइक्रोसफ्ट (२.९० ट्रिलियन डलर) चौथो र अमेजन (२.५७ ट्रिलियन डलर) पाँचौँ स्थानमा छ। ताइवानी चिपमेकर टीएसएमसी (२.२० ट्रिलियन डलर) यस सूचीमा पाँचौँ स्थानमा छ।
विश्वका शीर्ष १०० कम्पनीमध्ये अमेरिकामा सबैभन्दा धेरै कम्पनी छन्। जसको संख्या ५९ छ। यस सूचीमा १२ चिनियाँ कम्पनी, जापानका पाँच, फ्रान्स र स्विजरल्यान्डका २–२ र दक्षिण कोरिया र ताइवानका २–२ कम्पनी पनि समावेश छन्। –एजेन्सी












