IME Life New

युवाहरुले आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता चिर्ने सुरुआत बजेटले गरेको छः अर्थमन्त्री

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले युवाहरुले अब आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता सरकारले चिर्दै जाने र सुरुआत बजेटबाट भएको बताएका छन्।

काठमाडौंमा आइतबार आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन २०८३ मा सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन्। त्यसको सुरुआत आगामी वर्षको बजेटमार्फत गरिएको र ५ वर्षमा त्यसलाई एउटा निष्कर्षमा पुर्याउने उनले बताए। ‘पछिल्लो १५–२० वर्षदेखि देशका युवाहरु आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता आइलागेको छ’, उनले भने, ‘अब त्यस्तो स्थिति आउन नदिन जग बसाल्न बजेटबाट सुरु गरेका छौँ। त्यो बुझ्न बजेट पढ्नुहोस्। बजेटको कार्यान्वयनले त्यसको बाटो समात्छ।’

Esewa
Crest

देशभरका युवा उद्यमीहरुलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले करमा सहुलियत, बक्यौता उल्झनमा रहेका उद्यमी–व्यवसायीलाई छुटको सहुलियत, सरकारी प्रशासनको डिजिटलाइजेसन र सुशासनका एजेन्डा कार्यान्वयनले देश निर्माणको नयाँ बाटोलाई संकेत गर्ने बताए। करको दरहरु घटाएर १ लाख रुपैयाँसम्म कमाउने युवालाई करको झन्झटबाट मुक्ति दिइएको उनको भनाइ थियो।

यस्तै करको उल्झनमा परेका उद्योगी–व्यवसायीलाई नयाँ सुरुआत गर्न सहुलियतपूर्ण घोषणा बजेटमा भएको भन्दै वाग्लेले त्यसको फाइदा लिन सबैलाई आग्रह गरे। उनले बजेट बनाउँदा युवाहरुको उद्यमशील सोच र योजनालाई फैलाउने गरी धेरै सोचिएको र त्यसैअनुसारका कार्यक्रमहरु घोषणा भएको बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS