काठमाडौं । मेटाले सञ्चालन गरिरहेको सामाजिक सञ्जालमध्ये फेसबुक, इन्स्टाग्राम र मेसेन्जर शुक्रबार साँझदेखि चल्न छोडेको छ। प्रयोगकर्ताहरूका अनुसार साँझ करिब ७ः३० बजेदेखि यस्तो समस्या देखिएको हो।
अनलाइनमा उपलब्ध विवरणहरू अनुसार, नेपालमा मात्र नभएर विश्वका धेरैजसो भूभागमा प्रयोगकर्ताले प्राविधिक समस्याको सामना गर्नुपरेको छ। अधिकांशको फेस लग अाउट हुने वा फेसबुक पेज फिडमा पुराना पोष्टहरू मात्र लोड हुने समस्या देखिएका छन् ।
मेसेन्जर एप्समा पनि सन्देश नजाने र भिडियो कल नहुने समस्या भइरहेकाले प्रयोगकर्ताहरू अाजित भएका छन्।
व्हाट्सएप जस्ता अन्य मेटा सेवाहरूको लागि मेटाले पर्दा पछाडि साझा प्रणालीहरू प्रयोग गरेपनि धेरै हदसम्म अनलाइन रहेको देखिन्थ्यो । फेसबुक, मेसेन्जर र इन्स्टाग्रामको वेबसाइट जस्ता केही उत्पादनहरूमा पनि समस्या छन् ।
प्रयोगकर्ताहरू स्वचालित रूपमा लग आउट भए पछि पुनः लगइन गर्ने प्रयास गर्दा लगइन नभएको बताएका छन्। लगइनको प्रयास गर्दा, उनीहरूलाई “अप्रत्याशित त्रुटि भयो” भन्ने त्रुटि सन्देश देखाइएको छ।
मुख्य फेसबुक वेबसाइटले पनि यस्तै त्रुटि देखाएको थियो। आगन्तुकहरूलाई “केही गलत भयो” भनिएको थियो र कम्पनी “यसमा काम गरिरहेको छ र हामी यसलाई सकेसम्म चाँडो समाधान गर्नेछौं” भनिएको छ।
यद्दपी मेटाले अाधिकारिकरूपमा यसबारे कुनै जानकारी सार्वजनिक गरेको छैन।












