काठमाडौं । आज नेप्से परिसूचक ४ अंकले घटेर २,७२४ को विन्दुमा कायम भएको छ । आज ८८ कम्पनीको शेयर मूल्य बढेको छ भने १७० कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै सोपान फर्मास्युटिकल्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । अपोलो हाइड्रोपावरका लगानीकर्ताले पनि १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले १३ दशमलव ३१ प्रतिशतका दरले कमाएका छन् ।













