काठमाडौं । आज साताको अन्तिम कारोबार दिन शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ४ अंकले घटेर २,७२४ को विन्दुमा कायम भएको छ । आज ८८ कम्पनीको शेयर मूल्य बढेको छ भने १७० कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३४२ कम्पनीको ९८ लाख ५६ हजार ५२५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३४ करोड माथिको शेयर कारोबार भएको छ । हिजोको तुलनामा आज कारोबार रकम भने बढेको हो । हिजो ३ अर्ब ९० करोडको शेयर कारोबार भएको थियो ।
आज सबैभन्दा धेरै सेन्ट्रल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २५ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिटी होटलको २४ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको २२ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सोपान फर्मास्युटिकल्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । अपोलो हाइड्रोपावरका लगानीकर्ताले पनि १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले १३ दशमलव ३१ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० दशमलव ६६ प्रतिशतका दरले गुमाएका हुन् ।












