IME Life New

स्पेसएक्सको आइपीओः एकै झट्कामा करोडपति बन्दै ४४०० कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको कम्पनी स्पेसएक्सको आइपीओ आज जुन १२ मा जारी भएको छ। यो विश्वको सबैभन्दा ठूलो आइपीओ हो। खबरहरुअनुसार स्पेसएक्सको शेयर स्टक बजारमा सूचीबद्ध गरेपछि कम्पनीका ४ हजार४०० भन्दा बढी कर्मचारीहरु तुरुन्तै करोडपति बन्नेन्।

स्पेसएक्सको आइपीओको मूल्य प्रतिशेयर १३५ डलरमा सेट गरिएको छ। यस स्तरमा मस्कको कम्पनीको मूल्य लगभग १.७७ ट्रिलियन हुनेछ। जसले यसलाई विश्वको सबैभन्दा ठूलो आइपीओको सूचीको शीर्षमा राख्नेछ। कम्पनीले आइपीओमार्फत ७५ अर्ब डलरसम्म उठाउने योजना बनाएको छ।

Esewa
Crest

स्पेसएक्सका कर्मचारीहरु मालामाल

एलन मस्कको रकेट कम्पनी इतिहासको सबैभन्दा ठूलो शेयर बजारमा डेब्यूका लागि तयार छ र हजारौँ बहालवाला र पूर्वकर्मचारीहरुले उल्लेखनीय रुपमा लाभ उठाउने अपेक्षा गरिएको छ।

न्युयोर्क टाइम्सका अनुसार यदि स्पेसएक्स अनुमानित मूल्यांकनमा सार्वजनिक भयो भने ४ हजार ४०० भन्दा बढी बहालवाला र पूर्वकर्मचारी करोडपतिको सूचीमा सामेल हुन सक्छन्।

प्रतिवेदनअनुसार पूर्वकर्मचारीहरुसँग कम्तीमा १० लाख कित्ताबराबरको शेयर हुन सक्छ। अझ महत्वपूर्ण कुरा लगभग ४०० कर्मचारीसँग १० करोड डलरभन्दा बढीको सम्पत्ति हुन सक्छ।

तलबका साथै कम्पनीको हिस्सेदारी

अन्य ठूला कम्पनीहरु कर्मचारीको तलबमा धेरै निर्भर हुँदाहुँदै पनि स्पेसएक्स फरक छ र ऐतिहासिक रुपमा कर्मचारीहरुलाई कम्पनीमा महत्वपूर्ण हिस्सेदारी उपहार दिएको छ। सरल भाषामा भन्नुपर्दा कर्मचारीहरुले तलबका साथै कम्पनीमा हिस्सेदारी पनि पाउँछन्।

वर्षौंदेखि कम्पनीको मूल्यांकन बढ्दै जाँदा उनीहरुको शेयरको मूल्य पनि द्रुत गतिमा बढेको छ। स्थापनाकालमा स्पेसएक्समा सामेल भएका कर्मचारीहरुका लागि यो जीवन परिवर्तन गर्ने अनुभव साबित भएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS