IME Life New

विद्युत व्यापार र प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई प्रवेश गराउने विषयमा सकारात्मक छौँ: श्रेष्ठ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले विद्युत व्यापार र प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई प्रवेश गराउने विषयमा आफु सकारात्मक रहेको बताएका छन्।

इप्पानको २६ औँ साधारणसभा तथा ८ औँ अधिवेशनमा शुभकामना मन्तव्य दिँदै श्रेष्ठले यस्तो बताएका हुन्। ‘उत्पादनमा निजी क्षेत्रले पुराएको योगदान एकदमै सराहनीय छ। प्राइभेट सेक्टरलाई पावर ट्रेडिङमा र प्रसारण लाइन निर्माण प्रवेश गराउनु पर्नेमा म स्पष्ट छु’, उनले भने, ‘मन्त्रीज्युलाई पनि निजी क्षेत्रलाई प्रवेश गराउनु पर्छ भन्दै आएको छु।’

Esewa
Crest

श्रेष्ठले १५ हजार मेगावाट निर्यात गर्ने सरकारको लक्ष्य परा गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहने पनि बताए। ऊर्जा विकासका लागि अघि बढेको निजी क्षेत्र वनका विभिन्न मुद्दाका कारण अल्झिनुपरेको भन्दै उनले वनका समस्या समाधान गर्न ऊर्जामन्त्रीले पहल गरेर उनीहरुको हौसला बढाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS