IME Life New

नेपाल फाइनान्सको ६ लाख ३२ हजार कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल फाइनान्सको ६ लाख ३२ हजार कित्ता शेयर आज जेठ २९ गते बिक्रीमा राखिएको छ।

बैंकको संस्थापक समूहको ६ लाख ३२ हजार ९७१.१८७ कित्ता संस्थापक शेयर लिलामी प्रक्रियामार्फत बिक्री राखिएको हो। यो शेयरमा इच्छुक जोकोही व्यक्ति तथा संस्थाले बोलपत्र पेस गर्न सक्नेछन्।

Esewa
Crest

बोलपत्र पेस गर्दा १ हजार कित्ता शेयरका लागि खरिद आवेदन दिन सकिनेछ। अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रकित्तिा १०० रुपैयाँ तोकिएको छ। बोलपत्र पेस न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
बोलपत्र यही असार १२ गतेसम्म पेस गर्न सकिनेछ। बोलपत्र काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटलका साथै नेपाल फाइनान्सका शाखाहरु कमलादी, बनेपा, माछापुच्छ्रे, लेगनखेल र तिलोत्तमा पेस गर्न सकिनेछ। यसका साथै प्रभु बैंकको विराटनगर, वीरगन्ज, पोखरा, नेपालगन्ज, सुर्खेत र धनगढी शाखामा पनि बोलपत्र पेस गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS