IME Life New

घटेर बन्द भयो नेप्से, कारोबार रकम ३ अर्ब ९० करोडमा सीमित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ८ दशमलव १४ अंकले घटेर २,७२८ को विन्दुमा कायम भएको छ । आज ८२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७८ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३५० कम्पनीको ९२ लाख ३१ हजार २१६ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९० करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सिटी होटलको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २३ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सेन्ट्रल फाइनान्सको १७ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुङगल हाइड्रोको १६ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै सोपान फर्मास्यूटिकल्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् । अपोलो हाइड्रोपावरका लगानीकर्ताले १४ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । बोटलर्स नेपाल बालाजूका लगानीकर्ताले ८ दशमलव ३३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले १३ दशमलव ५१ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS