IME Life New

बीमा साक्षरताः बीमकको कस्तो हुनुपर्छ दायित्व र भूमिका ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाल नेपालका दुर्गम ग्रामीण क्षेत्रलगायत समाजका सबै वर्ग र तहसम्म बीमाको पहुँच पुर्याउन अत्यन्त आवश्यक देखिएको छ।

प्राकृतिक र भौगोलिक विकटताले घेरिएको नेपालमा जनताको जनधनको क्षतिको रक्षावरण गर्ने भने बीमा मात्रै एउटा अचुक उपाय हो। यसका लागि नियामक बीमा प्राधिकरण, बीमा कम्पनीहरुलगायत सबै सरोकारवालाले मिलेर काम गर्नुपर्ने देखिएको छ।

Esewa
Crest

बीमा पहुँच अभिवृद्धि गर्ने भन्ने एउटा मात्रै दह्रो स्रोत भनेको बीमा साक्षरता नै हो। यसका लागि सबै पक्ष लागिपर्नुपर्ने देखिन्छ।

बीमा साक्षरता अभिवृद्धि गर्ने मुख्य जिम्मेवार र दायित्व बीमकको काँधमा हुन्छ। यसको अनुगमन गर्ने निकाय भनेको नेपाल बीमा प्राधिकरण हो।

प्राधिकरणले हालै जारी गरेको बीमा साक्षरता रुपरेखा, २०८३ को मस्यौदामा बीमकको भूमिका र जिम्मेवारी प्रस्ट रुपमा उल्लेख छ। यो रुपरेखा लागू भएपछि सोहीबमोजिम गर्न गराउन प्राधिकरणले बीमा कम्पनीलाई निर्देशन दिनेछ।

बीमकको जिम्मेवारी तथा भूमिका

बीमा साक्षरतासम्बन्धी वार्षिक योजना तथा आवधिक कार्ययोजना तर्जुमा गर्दा अनिवार्य रुपमा नेपाल बीमा प्राधिकरणद्वारा जारी रुपरेखा एवं मापदण्डहरुको पूर्ण पालना गर्ने।

बीमा साक्षरता कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन, समन्वय र निरन्तरताका लागि आफ्नो केन्द्रीय कार्यालयमा एक छुट्टै बीमा साक्षरताको कार्यान्वयन, व्यवस्थापन तथा अनुगमन हुने व्यवस्था गर्ने।

साक्षरतासम्बन्धी योजनाहरु तयार गर्दा प्रत्येक लक्षित वर्गको बीमा ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने गरी सैद्धान्तिक एवं व्यावहारिक दुवै पक्षहरुलाई समावेश गर्ने।

यस रुपरेखामा आधारित भई आम नागरिकले सहजै बुझ्ने सरल नेपाली एवं स्थानीय भाषामा बीमा सम्बन्धी आधारभूतदेखि विशिष्ट ज्ञान समेटिएका अध्ययन तथा चेतनामूलक सामग्री नियमित रुपमा निर्माण एवं सम्प्रेषण गर्ने।

बीमा साक्षरता कार्यक्रमहरु व्यापारिक मनसाय, व्यवसाय विस्तार वा ब्रान्डिङका लागि मात्र नभई प्राथमिक रुपमा संस्थागत सामाजिक उत्तरदायित्वको भावना र नागरिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रेरित भई सञ्चालन गर्ने।

बीमा साक्षरता कार्यक्रमहरु सबै क्षेत्र र लक्षित समूहहरुमा न्यायोचित ढंगले सञ्चालन गर्ने।

बीमा साक्षरता र जनचेतना अभियानलाई प्रभावकारी रुपमा अगाडि बढाउन आफ्ना कर्मचारी, एजेन्ट तथा मध्यस्थकर्ताहरुका लागि नियमित रुपमा आवश्यक तालिम, प्रशिक्षण र क्षमता अभिवृद्धिका कार्यक्रमहरु सञ्चालन गर्ने।

आमनागरिकले बीमासम्बन्धी सूचना र जानकारीहरु सहजै पाउन सक्ने गरी डिजिटल प्लेटफर्म, हटलाइन र स्थानीय शाखा कार्यालयहरूमा आवश्यक सूचना संयन्त्रको विकास गर्ने।

आफ्ना ग्राहक एवं सर्वसाधारणले बीमा साक्षरता कार्यक्रमका क्रममा राखेका जनगुनासो, सुझाव र पृष्ठपोषणहरुलाई संकलन गरी सोको उचित व्यवस्थापन गर्ने र मापदण्डअनुरुप बीमा सेवाको गुणस्तरमा निरन्तर वृद्धि गर्दै लैजाने।

आफूले सञ्चालन गरेका बीमा साक्षरतासम्बन्धी सम्पूर्ण गतिविधि, भौतिक तथा वित्तीय प्रगति र प्राप्त जनगुनासाहरुको एकीकृत विवरण नियमित रुपमा अनुसूची–२ को ढाँचामा रिपोर्टिङ गर्ने।

बीमा प्राधिकरणको मार्गदर्शनबमोजिम बीमा साक्षरता र प्रवर्द्धनात्मक कार्यका लागि वार्षिक बजेट विनियोजन गरी सोको पारदर्शी एवं समुचित उपयोग सुनिश्चित गर्ने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS