IME Life New

पहिलोपटक फिफा विश्वकपमा अर्बपति खेलाडी, कसको कमाइ र सम्पत्ति कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यस वर्ष अर्बपति खेलाडीहरु पहिलोपटक फिफा विश्वकपमा खेल्ने देखिनेछन्।

फोर्ब्सले २०२६ को फिफा विश्वकपमा भाग लिने सबैभन्दा धनी खेलाडीहरुको सूची जारी गरेको छ। पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो सूचीको शीर्ष स्थानमा छन् भने अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी दोस्रो स्थानमा छन्।

Esewa
Crest

रोनाल्डो र मेस्सी दुवैको कुल सम्पत्ति १ अर्ब डलरभन्दा बढी छ। फोर्ब्सका अनुसार प्रतियोगिता सुरु हुनुभन्दा अघिल्लो १२ महिनामा विश्वकपमा शीर्ष ११ खेलाडीले कुल ९५ करोड डलर कमाएका छन्।

फिफा विश्वकप आज जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्दैछन्। पहिलोपटक यस प्रतियोगितामा ४८ टोलीले भाग लिनेछन् र १०४ खेल खेलिनेछन्।

४१ वर्षीय क्रिस्टियानो रोनाल्डो हाल विश्वको सबैभन्दा महँगो खेलाडी हुन्। गत वर्ष उनको अनुमानित आम्दानी ४३ करोड डलर रहेको थियो। यसमध्ये २३ करोड ५० लाख डलर उनको मैदानमा भएको आम्दानी (तलब र बोनस) बाट आएको हो। जब कि ६ करोड ५० लाख डलर समर्थन र अन्य व्यावसायिक उद्यमहरुबाट आएको हो।

साउदी अरेबियाली क्लब अल–नासरका लागि खेल्ने रोनाल्डो विश्वका केवल ४ सक्रिय खेलाडीहरुमध्ये एक हुन्। जसको कुल सम्पत्ति १ अर्ब डलरभन्दा बढी छ। उनको वार्षिक आम्दानी बक्सिङका दिग्गज फ्लोयड मेवेदर जुनियरको रेकर्डबराबर छ। जुन फोब्र्सको इतिहासमा एउटा खेलाडीले गरेको सबैभन्दा बढी वार्षिक कमाइ मानिन्छ।

रोनाल्डो आफ्नो छैटौँ विश्वकप खेल्दैछन्। हालै उनले अल–नासरलाई साउदी प्रो लिगको उपाधि दिलाएका छन्।

सम्पत्तिका हिसाबले दोस्रो स्थानमा रहेका लियोनेल मेस्सी यसपटक सर्वाधिक गोलकर्ता बन्न सक्छन्। अर्जेन्टिनालाई पछिल्लो विश्वकप जिताउन नेतृत्व गर्ने मेस्सी सूचीमा दोस्रो स्थानमा छन्। मेस्सीले पछिल्लो १२ महिनामा १४ करोड डलर कमाए।

विशेषगरी मेस्सीको कमाई मैदानभित्र र बाहिर (विज्ञापन र व्यापार) आम्दानी प्रत्येक ७ करोड डलरबीच समान रुपमा विभाजित छ।

इन्टर मियामीका लागि खेल्ने मेस्सी हालै फोर्ब्स अर्बपतिहरुको सूचीमा सामेल भएका छन्। उनको कुल सम्पत्ति १.१ अर्ब डलर रहेको अनुमान गरिएको छ। रोनाल्डो जस्तै यो मेस्सीको छैटौँ विश्वकप हुनेछ।

यदि मेस्सीले यस प्रतियोगितामा थप ४ गोल गरे भने उनी जर्मनीका मिरोस्लाभ क्लोस (१६ गोल) लाई उछिन्दै विश्वकप इतिहासमा सबैभन्दा सफल गोल स्कोरर बन्नेछन्।

फ्रान्सका स्टार फरवार्ड केलियन एमबाप्पे सूचीमा तेस्रो स्थानमा छन्। यी रियल म्याड्रिड खेलाडीले ९ करोड ५० लाख डलर कमाउँछन्। एमबाप्पे हाल फुटबल जगतका ठूला ब्रान्डहरुमध्ये एउटा हुन् र हालै धेरै नयाँ लगानी गरेका छन्।

म्यानचेस्टर सिटीसँग प्रमुख सम्झौतामा हस्ताक्षर गरेका नर्वेजियन स्ट्राइकर एर्लिङ हालान्ड ८ करोड डलर कमाइका साथ चौथो स्थानमा छन्।

यसैगरी ब्राजिलका भिनिसियस जुनियर ६ करोड डलर कमाइका साथ पाँचौँ स्थानमा छन्।

यस सूचीमा सबैभन्दा ठूलो आश्चर्य १८ वर्षीय स्पेनी सनसनी लामिन यामाल हुन्। यामालले गत वर्ष आश्चर्यजनक रुपमा ४ करोड ३० लाख डलर कमाएका छन् र सूचीमा नवौँ स्थानमा छन्। यति सानो उमेरमा उनको आश्चर्यजनक कमाइले फुटबल बजारमा उनको बढ्दो प्रभुत्व झल्काउँछ।

लिभरपुलका मोहम्मद सलाह ५ करोड ५० लाख डलरका साथ छैटौँ स्थानमा छन् भने सेनेगलका साडियो माने ५ करोड ४० लाख डलरका साथ साताँं स्थानमा छन् र इंग्ल्यान्डका जुड बेलिंघम ४ कराड ४० लाख डलरका साथ आठौँ स्थानमा छन्।

इंग्ल्यान्डका कप्तान ह्यारी केन ४ करोड १० लाख डलरको कमाइका साथ १० औँ स्थानमा छन् भने चोटपटकसँग संघर्ष गरिरहेका ब्राजिलका नेमार ३ करोड ८० लाख डलरको कमाइका साथ ११ औँ स्थानमा छन्।

फोर्ब्सले खेलाडीहरुको कमाइ कसरी निर्धारण गर्छ ?

फोर्ब्सको यो सूचीमा खेलाडीहरुको तलब, बोनस, इमेज र विगत १२ महिनामा समर्थन समावेश छ। यद्यपि, यसमा खेलाडीहरुको व्यक्तिगत लगानी, कर, स्थानान्तरण शुल्क र एजेन्टहरुलाई तिरेको कमिसनबाट प्राप्त प्रतिफल समावेश छैन। यो वरियताले स्पष्ट रुपमा देखाउँछ कि आजका शीर्ष फुटबलर खेलाडीमात्र नभएर विश्वव्यापी ब्रान्ड बनेका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS