IME Life New

नेप्सेमा बीमा कम्पनीहरुको बजार पुँजीकरण ५ खर्ब ८७ अर्ब माथि, अरु समूहको अवस्था कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा समूहगत सूचकको बजार पुँजीकरण अवस्था मिश्रित रहेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२।८३ को वैशाखसम्मको तथ्यांकले यस्तो देखाएको हो। अघिल्लो वर्षको तुलनामा ५ वटा समूहको बजार पुँजीकरण घटेको छ भने बाँकीको बढेको छ।

तथ्यांकअनुसार नेप्सेमा बीमा कम्पनीहरुको बजार पुँजीकरण पछिल्लो १ वर्षमा घटेको छ। समीक्षा वर्षमा बीमा कम्पनीहरुको बजार पुँजीकरण ५ खर्ब ८७ अर्ब २५ करोड रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ९ प्रतिशतले कम हो।

Esewa
Crest

समीक्षा वर्षमा अवधिमा उत्पादन तथा प्रशोधन समूहका लगानीकर्ताको सम्पत्तिमा उछाल आएको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा यो समूहको बजार पुँजीकरण ६७ प्रतिशतले बढेर ४ खर्ब ७ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ।

यसैगरी होटल समूहको बजार पुँजीकरण ३०.८ प्रतिशतले बढेको छ। योसँगै नेप्सेमा होटल समूहको बजार पुँजीकरण १ खर्ब ५५ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ।

पछिल्लो १ वर्षमा जलविद्युत समूहको बजार पुँजीकरण २०.२ प्रतिशतले बढेको छ। यो समूहको बजार पुँजीकरण ८ अर्ब १३ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ।

त्यस्तै पछिल्लो १ वर्षको अवधिमा बैंकिङ समूहको १०.७ प्रतिशत, विकास बैंकको ७ प्रतिशत र लघुवित्त समूहको ३.१ प्रतिशतले बढेको छ भने वित्त समूहको २.५ प्रतिशत, व्यापार समूहको १३.३ प्रतिशत, लगानी समूहको ७.३ प्रतिशत र अन्य समूहको १२.४ प्रतिशतले बजार पुँजीकरण घटेको छ।

समग्रमा नेप्से परिसूचक भने पछिल्लो एक वर्षको अवधिमा ६.८ प्रतिशतले बढेर वैशाखसम्म ४६ खर्ब ५६ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS