IME Life New

लुम्बिनी र सुदूरपश्चिममा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माैसम पूर्वानुमान महाशाखाका अनुसार, बिहीबार लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेस, बागमती, गण्डकी प्रदेश लगायत कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा  साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा पनि चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

Esewa
Crest

महाशाखाका अनुसार, हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेकाले हाल देशभर साधारणतया बादल लागेको छ।

कोशी, बागमती गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरू तथा मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा वर्षा हुने महाशाखाको पूर्वानुमान छ। राति देशभर साधारणतया बादल लाग्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS