IME Life New

डीजीओमा फिफा विश्वकपको प्रत्यक्ष प्रसारण, ‘मोबाइल पास’ अब मात्र ५४९ रूपैयाँ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वकै सर्वाधिक प्रतीक्षित खेलकुद प्रतियोगिता ‘फिफा विश्वकप २०२६™’ नजिकिँदै गर्दा नेपालको अग्रणी डिजिटल स्ट्रिमिङ प्लेटफर्म डीजीओले फुटबल प्रेमीहरूका लागि विशेष प्याकेजको घोषणा गरेको छ।  नेपाली दर्शकहरूलाई विश्वकपका सम्पूर्ण खेलहरूको रोमाञ्चक अनुभूति दिलाउन डीजीओले विशेष छुटसहितको ‘मोबाइल पास’ सार्वजनिक गरेको हो।

यस घोषणासँगै अब नेपाली फुटबल प्रशंसकहरूले आफ्नो मोबाइलमा विश्वकपका सबै १०४ वटा खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन्। खेलको माहोललाई थप सहज, गुणस्तरीय र किफायती बनाउन डीजीओले मात्र ५४९ रूपैयाँमा यो ‘मोबाइल(वन्ली’ पास बजारमा ल्याएको हो। दर्शकहरूले कुनै पनि झन्झट बिना सिधै डिजिओ एप मार्फत सहजै यो पास खरिद गरी विश्वकपका खेलहरूको मजा लिन सक्नेछन्।

Esewa
Crest

यसपटक डीजीओले नेपाली फुटबल प्रेमीहरूका लागि आफ्नै राष्ट्रिय भाषा नेपालीमा कमेन्ट्रीको व्यवस्था गरेको छ। यसका साथै आवश्यकता अनुसार नेपाली वा अंग्रेजी भाषा छान्न मिल्ने ‘डुअल कमेन्ट्री’ को विकल्प समेत एपमा उपलब्ध हुनेछ। विश्वकपका सबै खेलहरू उच्च गुणस्तरको फुल एचडी भिडियोमा प्रत्यक्ष प्रसारण गरिने कम्पनीले जनाएको छ।

‘हामी नेपाली दर्शकहरूलाई खेलको अनुभवमा कुनै सम्झौता नहोस् भन्ने चाहन्छौं,’ डीजीओका प्रवक्ताले भने, ‘डीजीओ एपमार्फत सिधै पास खरिद गर्ने सुविधाले अब फ्यानहरूले कुनै पनि तेस्रो पक्ष वा शंकास्पद लिंकहरूको पछि नलागी सुरक्षित र आधिकारिक रूपमा विश्वकपको आनन्द लिन सक्नुहुनेछ।’

हाल अनलाइनमा देखिने ‘फ्री स्ट्रिम्स’ वा शंकास्पद एपका विज्ञापनहरूले प्रयोगकर्ताको व्यक्तिगत जानकारी र बैंकिङ विवरणहरूमा गम्भीर जोखिम निम्त्याउन सक्ने भन्दै डीजीओले सम्पूर्ण दर्शकहरूलाई सचेत रहन आग्रह गरेको छ। नेपालको आधिकारिक स्ट्रिमिङ पार्टनर डिजिओको एप प्रयोग गरी ढुक्कसँग सुरक्षित रूपमा विश्वकपको मजा लिन कम्पनीले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS