IME Life New

साहित्यकार गणेश खड्काको ‘नक्शामा नभएको देश’ सेसेल्समा लोकार्पण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साहित्यकार तथा अनेसास केन्द्रीय उपाध्यक्ष गणेश खड्काद्वारा लिखित, साहित्यकार तथा सम्पादक रमेश दाहालद्वारा सम्पादित तथा मिलाप पब्लिकेशन प्रा.लि. काठमाडौँद्वारा प्रकाशित नियात्रा निबन्धसङ्ग्रह नक्शामा नभएको देश पूर्वी अफ्रिकी मुलुक सेसेल्सको राजधानी माहे आइल्याण्डस्थित, भिक्टोरियामा अफ्रिकामा लोकार्पण भएको छ ।

७ जुन २०२६ आइतबारका दिन सम्पन्न उक्त कार्यक्रमको सभापतित्व एनआरएनए सेसेल्सका उपाध्यक्ष प्रेमबहादुर चन्दले गरेका थिए भने प्रमुख अतिथि एनआरएनए अफ्रिका क्षेत्रीय संयोजक मनोज बिक तथा विशेष अतिथि एनआरएनए अफ्रिका क्षेत्रीय महिला संयोजक खेसेना लिङ्देन रहेका थिए । कार्यक्रममा एनआरएनए सेसेल्सकी महिला उपाध्यक्ष पवित्रा भट्टराईले स्वागत मन्तव्यसहित उपस्थित सम्पूर्णलाई स्वागत गरेकी थिइन् ।

Esewa
Crest

प्रमुख अतिथिको आशनबाट बोल्दै एनआरएनए अफ्रिका क्षेत्रीय संयोजक मनोज बिकले भने, ‘नेपालीहरुको जानकारीमा निकै कम आएको र नक्शामा समेत नभएको देश सेसेल्स भ्रमणका क्रममा भोगेका र अनुभव गरेका विषयलाई कलात्मक ढङ्गले लेखेर पुस्तकको रूप दिई हामीसमक्ष ल्याएर स्रष्टा खड्काले गुन लगाउनुभएको छ । यो पुस्तक केवल एउटा पुस्तकको रूपमा मात्रै नभएर एक ऐतिहासिक दस्तावेजका रूपमा आएकाले हरेक नेपालीले यसलाई सिरानीमा राख्नुपर्नेछ ।’

पुस्तकका स्रष्टा गणेश खड्काले यो किताब लेख्न आफूलाई निकै मिहिनेत र दुःख समेत गर्नुपरेको कुरा स्मरण गर्दै भने, ‘आफू सेसेल्स भन्ने देशमा जागीर खान जान लागेको कुरा गर्दा कसैले नपत्याएको, यो संसारमा सेसेल्स भन्ने देश पनि छ र ? भनी सोधेको, यतिसम्म कि नक्शामा खोज्दासमेत सेसेल्स नामक देश नभेटेपछि यसको बारेमा खोज, अनुसन्धान गरेर केही त लेख्नैपर्छ भनेर लागिपरेको र त्यसैको उपज आज नक्शामा नभएको देश पुस्तक प्रकाशन गर्न सफल भएको छु ।’

त्यसैगरी सम्पादक रमेश दाहालले यो कृति नेपाली पाठकका लागि केवल पढ्ने सामग्री होइन, आत्मनिरीक्षणको एउटा सशक्त माध्यम हो । जसले हाम्रो समाज, सपना र यथार्थलाई पुनःपरिभाषित गर्न बाध्य बनाउने कुरा बताए । “नक्शामा नभएको देश” समकालीन नेपाली नियात्रा निबन्ध साहित्यको एक महत्त्वपूर्ण, गम्भीर र अविस्मरणीय कृति बनेर आएको बताएका छन् ।

एनआरएनए सेसेल्स र अनेसास अफ्रिका महादेशीय च्याप्टरको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा च्याप्टरका सदस्य कवि महेन्द्र भट्टराईले विमोचित पुस्तक नक्शामा नभएको देशको समीक्षात्मक परिचर्चा गरेका थिए । त्यसैगरी कार्यक्रमको सहजीकरण अनेसास अफ्रिका च्याप्टरका महासचिव कवि आर।सी।राई र सदस्य कवि गायत्री कुलुङले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS