IME Life New

फ्लाई दुबईले सेप्टेम्बर २३ बाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फ्लाई दुबईले आउँदो सेप्टेम्बर २३ बाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि सीधा उडान भर्ने भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई पोखरा विमानस्थलबाट दुबईका लागि सीधा उडान अनुमति दिएको हो। फ्लाई दुबईले अगस्ट २३ मा पोखरा विमानस्थलबाट परीक्षण उडान भर्नेछ। त्यसपछि सेप्टेम्बर २३ बाट नियमित उडान गरिने फ्लाई दुबईले जनाएको छ।

Esewa
Crest

पोखराबाट उडानको उडान लगभग ५ घन्टाको हुनेछ। फ्लाई दुबईको १६७ सिट क्षमताको बोइङ ७३७ विमान बिहान सवा ६ बजे पोखरा विमानस्थलमा अवतरण गर्नेछ भने सवा ७ बजे दुबईका लागि उडान भर्नेछ।

हाललाई फ्लाई दुबईले १ महिनाका लागि उडान अनुमति पाएको छ। यो सीधा उडानले विश्वस्तरमा पोखरा पहिचान बढ्नुका साथै पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS