काठमाडौं । शेयर बजारमा मंगलबार झिनो गिरावट आएको छ। बजार आज १.५४ अंकले घटेर २७३३.५९ को विन्दुमा झरेको हो।
बजार घट्दा नेप्से उपसमूहमा रहेका ४ वटा समूह बढेका छन् भने ९ वटा समूह घटेका छन्। यो दिन अन्य समूह सर्वाधिक ०.२९ अंकले घट्दा वित्त समूह सर्वाधिक १.०१ प्रतिशतले घटेको छ।
बजारमा आज १०५ कम्पनीको शेयरभाउ घटेको छ भने १५१ कम्पनीको शेयरभाउ बढेको छ। यो दिन १५ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ६ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार एग्रिकल्चर बन्डको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- एग्रिकल्चर बन्दः ५७ करोड रुपैयाँ
- सेन्ट्रल फाइनान्सः ३५ करोड ९० लाख रुपैयाँ
- एनबीबीएल डिबेन्चरः ३१ करोड २९ लाख रुपैयाँ
- आँखुखोला जलविद्युतः २५ करोड ७५ लाख रुपैयाँ
- लक्ष्मी बैंक डिबेन्चरः २० करोड ७३ लाख रुपैयाँ
- अपर हेवा खोला जलविद्युतः १६ करोड ९५ लाख रुपैयाँ
- नेपाल पुनर्बीमा कम्पनीः १२ करोड ९७ लाख रुपैयाँ
- रिडी पावरः १२ करोड ८ लाख रुपैयाँ
- शिवम सिमेन्टः ११ करोड ४८ लाख रुपैयाँ
- नेसनल हाइड्रोपावरः ९ करोड ७९ लाख रुपैयाँ












