काठमाडौं । गृहमन्त्रीमा पुनः सुधन गुरुङ इन्ट्री हुने भएको छ। प्रधानमन्त्री बालेन शाहले गुरुङलाई पुनः गृहमन्त्री बनाउन लागेका हुन्।
यसअघि सम्पत्तिबारे प्रश्न उठेपछि गत वैशाख ९ गते गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएका थिए । त्यसपछि सरकारले गुरुङको सम्पत्तिबारे अध्ययन गर्न समिति बनाएको थियो । समितिले गुरुङको सम्पत्तिमा कुनै कैफियत नदेखिएको भन्दै प्रतिवेदन बुझाएको थियो। सोही प्रतिवेदनका आधारमा प्रधानमन्त्री शाहले गुरुङलाई पुनः गृहमन्त्रीमा फिर्ता गराउन लागेका हुन्।
स्रोतका अनुसार गुरुङको सपथ आजै ३ बजेट हुनेछ। यसका लागि तयारी गर्न प्रधानमन्त्री कार्यालयबाट राष्ट्रपति कार्यालयमा सिफारिस भइसकेको स्रोत बताउँछ।












