काठमाडौं । नेपाली बजारमा आज जेठ २६ गते सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ २ हजार रुपैयाँले बढेको हो ।
योसँगै आज सुन प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ४९ सय २५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ४९ सय ५ रुपैयाँमा कारोबार भएको थियो।












