काठमाडौं । आज नेप्से परिसूचक २० दशमलव २७ अंकले घटेर २,७३५ को विन्दुमा कायम भएको छ । आज ४३ कम्पनीको शेयर मूल्य बढेको छ भने २२१ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले १३ दशमलव ११ प्रतिशतका दरले कमाएका छन् । सोपानका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।













