काठमाडौं । आज साताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक २० दशमलव २७ अंकले घटेर २,७३५ को विन्दुमा कायम भएको छ । आज ४३ कम्पनीको शेयर मूल्य बढेको छ भने २२१ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३५६ कम्पनीको ९२ लाख ३६ हजार ६७७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सेन्ट्रल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २० करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । लक्ष्मी बैंक डिबेञ्चरको १७ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको १३ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले १३ दशमलव ११ प्रतिशतका दरले कमाएका छन् । सोपानका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ७ दशमलव १४ प्रतिशतका दरले गुमाएका हुन् ।












