IME Life New

बीमकले कारोबार बन्द नगर्दै आफ्नो व्यापार अर्को कम्पनीलाई हस्तान्तरण गर्न सक्छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा ऐनको दफा ८१ मा एउटा बीमकले आफ्नो व्यवसायको कुनै एउटा प्रकारअन्तर्गतको व्यवसाय अर्को कुनै बीमकलाई सर्लक्कै हस्तान्तरण गर्न सक्ने व्यवस्था छ। यसरी व्यवसाय हस्तान्तरण गर्नका लागि हस्तान्तरण गर्ने बीमकले आफ्नो सबै व्यापार व्यवसाय बन्द गर्नुपर्दैन। मात्र आफूले गरिरहेको विभिन्न प्रकारको व्यवसायअन्तर्गतको कुनै एक प्रकारको व्यापार मात्रै हस्तान्तरण गर्न सक्छ।

उदाहरणका लागि पेन्सन प्रकृतिको बीमा योजना समेत बिक्री गरिरहेको कुनै बीमकले यसको व्यवस्थापन र सञ्चालन खर्च अधिक भएकाले पेन्सन बीमा योजना नै बिक्री गरिरहेको अर्को कुनै बीमकलाई हस्तान्तरण गरिदिन सक्छ। व्यवसाय स्वीकार्ने बीमकको व्यवसायको आकार ठूलो भएकाले वा विशेषज्ञता भएकाले उसले स्वीकारेर सञ्चालन गर्दा लागत कम पर्न सक्छ।

Esewa
Crest

अर्को उदाहरण सावधिक बीमा, म्यादी बीमा, र विशिष्टीकृत स्वास्थ्य बीमा योजनासमेत सञ्चालन गरिरहेको कुनै बीमकले स्वास्थ्य बीमा योजनामात्र बेच्ने बीमकलाई आफ्नो स्वास्थ्य बीमासम्बन्धी सम्पूर्ण व्यवसाय हस्तान्तरण गरिदिनसक्छ। यसरी व्यवसाय हस्तान्तरण हुँदा व्यवसायसँग प्रत्यक्ष जोडिएको जोखिम, नाफा, दायित्व र बीमितसमेत अर्को कम्पनीमा स्वतः हस्तान्तरण हुनेछ।

बीमा ऐनको दफा ११३ बमोजिम बीमा व्यवसायको प्रकार (पोर्टफोलियो) हस्तान्तरण गरी लिन वा दिन चाहने बीमकले बीमा नियमावलीको नियम ८१ बमोजिम यी विवरण तथा कागजातसहित प्राधिकरणमा संयुक्त निवेदन दिनुपर्ने व्यवस्था छः

(क) व्यवसाय (पोर्टफोलियो) लिने दिने दुवै बीमकको साधारण सभाबाट पारित भएको विशेष प्रस्ताव,

(ख) पोर्टफोलियो हस्तान्तरण सम्बन्धमा एकआपसमा भएको सम्झौता,

(ग) पोर्टफोलियो हस्तान्तरणपश्चात सिर्जना हुने दायित्व स्वीकार गर्ने सम्बन्धमा व्यवसाय स्वीकार्ने बीमकको सञ्चालक समितिले गरेको निर्णय,

(घ) पोर्टफोलियो हस्तान्तरण गरी लिने बीमकले प्राधिकरणले निर्धारण गरेबमोजिमको पुँजीकोष र सोल्भेन्सी कायम हुने आधार।

(२) विदेशी बीमकले स्वदेशी बीमकलाई पोर्टफोलियो हस्तान्तरण गर्न चाहेमा निज बीमकको प्रधान कार्यालयले आफ्नो नियमनकारी निकायसँग स्वीकृति लिएको हुनु पर्नेछ।

यो नियमबमोजिम व्यवसाय हस्तान्तरण गर्दा प्राधिकरणले अन्य आवश्यक सर्त तोकेर स्वीकृति प्रदान गर्न सक्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS