IME Life New

निर्जीवन बीमा कम्पनीको दाबी प्रक्रिया कानुनी व्यवस्थामा के छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा नियमावली, २०८१ को नियम ९१ मा निर्जीवन बीमा कम्पनीको दाबी प्रक्रियासम्बन्धी कानुनी व्यवस्था उल्लेख गरिएको छ।

निर्जीवन बीमाको दाबी फर्छ्यौटसम्बन्धी व्यवस्था बीमा गरिएको जोखिमका कारणले बीमा गरिएको वस्तुमा क्षति भएको खण्डमा बीमालेखमा उल्लेख भएकोमा सोबमोजिम र अन्यको हकमा यथासम्भव छिटो वा प्रमाणा नष्ट हुनु अगावै वा निरन्तर क्षतिभइरहेको अवस्था भएमा संभव भएसम्म त्यसरी क्षति भइरहेको अवधिभित्रै बीमितले बीमकलाई टेलिफोन, एसएमएस, ई–मेल, फ्याक्स, लिखित पत्र, वा अन्य कुनै भौतिक वा विद्युतीय माध्यमबाट खबर वा जानकारी गराउनुपर्छ।

Esewa
Crest

२) उपनियम १ बमोजिम क्षतिको खबर वा जानकारी प्राप्त भएपछि दाबी सहजीकरण गर्न र बीमितलाई सहयोग गर्न बीमकले तुरुन्त कर्मचारी वा प्रतिनिधि खटाउनुपर्नेछ। बीमकले दाबीकर्तासँग दाबीका लागि आवश्यक पर्ने सम्पूर्ण कागजात एकमुष्ठ माग गर्नुपर्नेछ।

उपनियम १ बमोजिम बीमा दाबीको सूचना वा जानकारी प्राप्त भएपछि बीमक आफैँले क्षति मूल्यांकन गर्ने अवस्थाबाहेक ७ दिनभित्र सर्भेयर खटाई सोको जानकारी बीमितलाई समेत दिनुपर्नेछ।

उपनियम (२) बमोजिम खटिएको सर्भेयरले आवश्यक जाँचबुझ गरी निर्जीवन बीमाको किसिम अनुसार दायीत्व निर्धारण गरी नियम ५२ बमोजिमको अवधिभित्र विस्तृत विवरण सहितको प्रतिवेदन बीमकसमक्ष पेस गर्नुपर्नेछ। अनि बीमालेखको सर्त र सुविधाको अधिनमा रही बीमितले पाउने रकम उल्लेख गरी सोको जानकारी बीमितलाई दिनुपर्नेछ।

बीमा नियमावलीको दफा ५२ मा ६० कार्यदिनभित्र सर्भेयरले क्षति मूल्यांकन प्रतिवेदन पेस गरिसक्नुपर्ने प्रावधान छ। सर्वेयरले क्षति मूल्यांकन प्रतिवेदन पेस गर्दा स्पष्ट रुपमा देखिने गरी विभिन्न कोणबाट खिचेको फोटो तथा भिडियो क्षति मूल्यांकन प्रतिवेदनसँग संलग्न गर्नुपर्नेछ।

(७) उपनियम (४) बमोजिम बमोजिमको प्रतिवेदन पेश गरेको ७ दिनभित्र बीमकले दाबी फर्छ्यौट गर्नुपर्नेछ र दाबी भुक्तानी गर्नु नपर्ने भएमा कारण सहित सोही अवधिभित्र दाबीकर्तालाई लिखित जानकारी दिनुपर्छ।

(८) उपनियम (७) बमोजिमको जानकारी बीमितले बुझिलिएको सुनिश्चित गरी सोको प्रमाण बीमकले सुरक्षित राख्नुपर्नेछ।

(९) उपनियम (८) बमोजिम खटिएको सर्भेयरले गरेको जान उपयुक्त नदेखिई अर्को सर्भेयर खटाउनु पर्ने भएमा बीमकले सोको स्पष्ट आधार र कारण खुलाइ अर्को सर्भेयर खटाउन सक्नेछ।

निर्जीवन बीमा दाबीको फर्छ्यौटसम्बन्धी अन्य व्यवस्था जुनसुकै कुरा लेखिएको भए पनि कुनै दाबीको क्षति मूल्यांकन गर्न नेपालमा इजाजत प्राप्त सर्भेयर उपलब्ध हुन नसकी विदेशी सर्भेयर नियुक्त गर्नुपर्ने भएमा सोको स्पष्ट कारण खुलाई प्राधिकरणमा स्वीकृतिका लागि पेस गर्नुपर्नेछ।

बीमालेखमा अन्यथा उल्लेख गरिएको बाहेक बीमकले दाबी भुक्तानी गर्दा घटना घटेको समयमा भएको वास्तविक क्षति वा बीमांक रकममध्ये जुन कम हुन्छ, सोबराबरको रकममात्र भुक्तानी गर्नुपर्छ।

काबुबाहिरको परिस्थिति परी सर्भेयरले तोकिएको समयमा क्षति मूल्यांकन प्रतिवेदन पेस गर्न नसकेमा बीमितको सहमतिमा थप समय प्रदान गर्न सकिनेछ। र सोको जानकारी प्राधिकरणमा दिनुपर्नेछ।

कुनै दाबी शंकास्पद देखिएमा बीमकले दाबी अन्वेषक खटाउन सक्नेछ र सोको जानकारी प्राधिकरणलाई दिनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS