IME Life New

धितोपत्र बोर्डको पाइपलाइनमा थपियो ६ कम्पनीको आइपीओ, कुन-कुनको ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा ६ वटा कम्पनीको आइपीओ थपिएको छ। जलविद्युत समूहका २ वटा र उत्पादन तथा प्रशोन समूहका ४ वटा कम्पनीले आइपीओ अनुमति माग गर्दै धितोपत्र बोर्डमा निवेदन दिएका हुन्।

जलविद्युत समूहतर्फ सुपर हेवा पावर कम्पनी र रघुगंगा हाइड्रोपावरले आइपीओ ल्याउन धितोपत्र बोर्डबाट अनुमति मागेका छन्। धितोपत्र बोर्डले अनुमति दिएमा सुपर हेवा पावरले १०० रुपैयाँ अंकित दरका कुल १९ लाख ५० हजार कित्ता र रघुगंगा हाइड्रोपावरले १ करोड ५० लाख कित्ता आइपीओ बिक्री गर्नेछ। सुपर हेवा पावर आइपीओ बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल र रघुगंगा हाइड्रोपावरको एनआईसी एसिया क्यापिटल रहेका छन्।

Esewa
Crest

यसैगरी उत्पादन तथा प्रशोधन समूहतर्फ राजेश मेटल क्राफ्ट्स, अन्नपूर्ण माछा दाना उद्योग, युवरानी एग्रो इन्डस्ट्रिज र प्रिमियर डिस्टिलरीले १०० रुपैयाँ अंकित दरमा आइपीओ ल्याउन धितोपत्र बोर्डसँग अनुमति मागेका छन्। धितोपत्र बोर्डको अनुमतिपछि राजेश मेटल क्राफ्ट्सले ६० लाख कित्ता, अन्नपूर्ण माछा दाना उद्योगले १० लाख ९ हजार ५३१ कित्ता, युवरानी एग्रो इन्डस्ट्रिजले १६ लाख ५० हजार कित्ता र प्रिमियर डिस्टिलरीले २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्नेछन्।

आइपीओ बिक्री प्रबन्धकमा राजेश मेटल क्राफ्ट्सको नबिल इन्भेस्टमेन्ट बैंकिङ, अन्नपूर्ण माछा दाना उद्योगको लक्ष्मी सनराइज क्यापिटल, युवरानी एग्रो इन्डस्ट्रिजको प्रभु क्यापिटल र प्रिमियर डिस्टिलरीको सिद्धार्थ क्यापिटल रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS