IME Life New

सोपान फर्मास्युटिकल्सको शेयर सोमबारबाट कारोबारमा आउने, कति पायो ओपनिङ रेन्ज ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सोपान फर्मास्युटिकल्सको शेयर आउँदो सोमबारबाट दोस्रो बजारमा कारोबारमा आउने भएको छ।

सोपान फर्मास्युटिकल्सको आइपीओ आज शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको आइपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। सोही व्यवस्थाबमोजिम यो कम्पनीको शेयर आउँदो सोमबारबाट कारोबारमा आउने भएको हो। शनिबार र आइतबार शेयर कारोबार हुँदैन।

Esewa
Crest

नेप्सेमा सोपान फर्मास्युटिकल्सको १०० रुपैयाँ अंकित दरका कुल १ करोड ७१ लाख ६० हजार कित्ता शेयर सूचीकृत भएको छ। जसमा सर्वसाधारणको ४२ लाख ९० हजार कित्ता (२५ प्रतिशत) र संस्थापकको १ करोड २८ लाख ७० हजार कित्ता (७५ प्रतिशत) रहेको छ।

पहिलो कारोबारका लागि नेप्सेले सोपान फर्मास्युटिकल्सलाई प्रतिकित्ता न्यूनतम ९२.१५ रुपैयाँदेखि अधिकतममा २७६.४५ रुपैयाँ तोकेको छ। कारोबार संकेत भने यो कम्पनीले ‘एसओपीएल’ पाएको छ।

सोमबार स्पेसल प्रिसेसनमा यो कम्पनीको शेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित सत्रका लागि कारोबारमा आउनेछ।

सोपान फर्मास्युटिकल्सले गत वर्ष वैशाख ३ गतेदेखि वैशाख ८ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो। आइपीओ बाँडफाँट भने वैशाख १७ गते गरिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS