IME Life New

अवितरित ७० हजार बढी कित्ता हकप्रद शेयर बिक्री गर्दै युनाइटेड अजोड इन्स्योरेन्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले अवितरित ७० हजार बढी कित्ता हकप्रद शेयर बिक्रीमा राख्ने भएको छ।

कम्पनीले यही जेठ २९ गतेबाट लिलामी प्रक्रियामार्फत कुल ७० हजार ४८० कित्ता शेयर बिक्रीमा राख्ने भएको छ। जसमा संस्थापक समूहको ६३ हजार ८४७ कित्ता र सर्वसाधारण समूहको ६ हजार ६३३ कित्ता रहेको छ।

Esewa
Crest

लगानीकर्ताले संस्थापकतर्फको शेयरमा न्यूनतम १ हजार कित्ता र सर्वसासाधारणतर्फको शेयरमा १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ता खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालय काठमाडौं कमलपोखरीका साथै लक्ष्मी सनराइज बैंकका शाखाहरु विराटनगर, वीरगन्ज, जनकपुर, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल, नेपालगन्ज, वीरेन्द्रनगर (सुर्खेत) र धगनढीमा पेस गर्न सकिनेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति असार ८ गतेसम्म तोकिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS