काठमाडौं । चौथो सांग्रिला साइकल र्याली यही २०८३ जेठ २३ गते शनिबार आयोजना हुने भएको छ । विश्व वातावरण दिवसको अवसर पारेर आयोजना हुदै आएको सांग्रिला साइकल र्याली यसपटक जेठ २३ गते शनिबार आयोजना गर्न लागिएको हो ।
र्याली काठमाडौँको गैरीधारास्थित एलिस रिसेप्सनबाट शुरु भइ दरबार मार्ग, सुन्धारा, त्रिपुरेश्वर, थापाथली, माइतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, रातोपूल, जैन भवन, सांग्रिला डेभलपमेन्ट बैंक केन्द्रीय कार्यालय बालुवाटार हुँदै एलिस रिसप्सेन गैरीधारामा पुगेर समापन हुने छ । विहान ७ बजे शुरु हुने र्यालीमा सहभागी हुन ह्वाट्स नम्बर ९८६३५८९००१ मा चभनष्कतचबतष्यल लेखि पठाएर वा registration https://wa.me/message/3EHCI74Z2DQAK1 लिंकमा गएर वा तस्बिरमा रहेको क्यूआर कोडमा स्क्यान गरेर नाम दर्ता गराउन सकिने छ । र्यालीमा सहभागीमध्ये एक जनालाई गोलाप्रथाबाट आकर्षक साइकल तथा अन्य विभिन्न उपहार प्रदान गरिनेछ ।
वातावरणको संरक्षणका साथै साइकल संस्कृतिको विकासमा सहयोग पु-याउने उद्धेश्यले सांग्रिला डेभलपमेन्ट बैंकले यसअघि पहिलो, दास्रो र तेस्रो साइकल र्याली आयोजना गरिसकेको छ । यसअघिका साइकल र्यालीमा जस्तै यसपटक पनि वातावरणप्रति चासो राख्ने तथा साइकल मैत्री शहर चाहने सबैको सहयोगको अपेक्षा बैंकले गरेको छ ।
आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत सेवा प्रवाह गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको सांग्रिला डेभलपमेन्ट बैंक, आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरेको छ ।












