IME Life New

असार ३ बाट सर्वसाधारणका लागि आइपीओ ल्याउँदै माउन्ट एभरेष्ट पावर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्टले आउँदो असार ३ गतेदेखि सर्वसाधारणका लागि आइपीओ ल्याउने भएको छ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओ बिक्री गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ ल्याउन लागेको हो। कम्पनीले दोस्रो चरणमा कर्मचारीलाई ३४ हजार ४०० कित्ता र सामूहिक लगानी कोषलाई ८६ हजार कित्ता शेयर छुट्याएर १०० रुपैयाँ अंकित दरका १४ लाख २७ हजार ६०० कित्ता शेयर सर्वसाधारणका लागि जारी गर्नेछ।

Esewa
Crest

लगानीकर्ताले यो आइपीओमा न्यूनतममा १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै सीडीएससीको ‘मेरो शेयर’ दिन सकिनेछ।

यो आइपीओको निष्कासन बन्द छिटोमा असार ८ गते र ढिलोमा असार १७ गते बैंकिङ समयपछि हुनेछ। आइपीओ बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS