IME Life New

घर बीमाबापत करयोग्य आय छुटको रकममा दोब्बर वृद्धि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले आयकर छुट प्रयोजनका लागि आवासीय भवनको बीमा गर्दा लाग्ने बीमाशुल्कवापतको रकमको सीमा दोब्बर वृद्धि गरेर  १० हजार रूपैयाँ कायम गर्ने घोषणा गरेको छ।

आगामी आर्थिक वर्ष २०८३/ ८४ का लागि घोषित व्यवस्था अनुसार, आवासीय प्रयोजनको भवनको बीमा गराउँदा लागेको बीमाशुल्कवापतको रकमको अधिकत्तम १० हजार रूपैयाँसम्म सम्बन्धित घरधनीले आयकर प्रयोजनका लागि आय गणना गर्दा कट्टा गर्न पाउनेछन् । चालू आर्थिक वर्ष २०८२/ ८३ को बजेट वक्तव्यमा यस्तो छुट ५ हजार रूपैयाँसम्म मात्र छ।

Esewa
Crest

आयकर गणना गर्दा कर लाग्ने सीमाको कुल आयमा कुनै पनि व्यक्तिले आवासीय प्रयोजनको भवनको बीमा गर्दा लागेको बीमाशुल्कको १० हजार रूपैयाँसम्म कट्टा गरेर बाँकी हुन आउने रकममा मात्र कर तिर्नुपर्नेछ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले गत जेठ १५ गते प्रतिनिधि सभा समक्ष सार्वजनिक गरेको बजेट वक्तव्यमा समेटिएको यो व्यवस्था, संसदको दुबै सदनबाट सरकारको आर्थिक विधेयक पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ।

आयकरका लागि कुल आय गणना गर्दा जीवन बीमाशुल्क बापतको रू  ४० हजारसम्म र स्वास्थ्य बीमाबापतको रू २० हजार रूपैयाँसम्म आय गणनामा कट्टा गर्न सकिने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS