IME Life New

सूर्यज्योति लाइफद्वारा “ ई-कर्जा झ्याप्पै क्याम्पेन” सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमै पहिलो पटक पूर्ण रूपमा डिजिटल माध्यमबाट बीमा धितोमा ऋण प्रवाह गर्ने उद्देश्यसहित सूर्यज्योति लाइफ इन्स्योरेन्सले आफ्नो नयाँ अभियान “ई कर्जा झ्याप्पै क्याम्पेन औपचारिक रूपमा शुभारम्भ गरेको छ।

डिजिटल वित्तीय सेवाको विस्तार तथा ग्राहकलाई सहज, छिटो र झन्झटरहित ऋण सेवा उपलब्ध गराउने लक्ष्यसहित सुरु गरिएको यस अभियानमार्फत योग्य बीमितहरूले अब घरमै बसेर अनलाइन प्रक्रियामार्फत ऋण प्राप्त गर्न सक्नेछन्।

Esewa
Crest

यस अभियान अन्तर्गत ग्राहकहरूले अधिकतम रु २ लाखसम्मको तत्काल ऋण प्राप्त गर्न सक्नेछन्। साथै, ऋण आवेदन गर्दा लाग्ने रु ५० सेवा शुल्कमा १०० प्रतिशत क्यासब्याक सुविधा पनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

विशेषगरी, यस सेवाको सबै प्रक्रिया पूर्ण रूपमा डिजिटल रहेकोले कुनै कागजी प्रक्रिया वा अतिरिक्त दस्तावेज आवश्यक नपर्ने कम्पनीको भनाइ छ।

योग्य बीमितहरूले आफ्नो ऋण योग्यता  सूर्यज्योति Mobile App मार्फत सहजै जाँच गर्न सक्नेछन्। त्यसपछि ग्राहकहरूले उपलब्ध गराइएको Khalti लिंकबाट सिधै वा Khalti App को Insurance & Surakshya > Insurance Loan > SuryaJyoti eKarja मार्फत आफ्नो बीमालेख नम्बर राखी प्रक्रिया पुरा गरि तुरुन्तै कर्जा रकम प्राप्त गर्न सक्नेछन्।

कम्पनीका अनुसार “ई- कर्जा झ्याप्पै नेपालमा डिजिटल बीमा ऋण सेवाको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हुने अपेक्षा गरिएको छ। यस अभियानले बीमितहरूलाई छिटो, सुरक्षित र सहज वित्तीय पहुँच प्रदान गर्नुका साथै डिजिटल नेपालको अवधारणालाई थप बल पुर्‍याउने विश्वास लिइएको छ।

सूर्यज्योति लाइफले आफ्ना आधिकारिक सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममार्फत समेत अभियानलाई व्यापक रूपमा प्रवर्द्धन गर्ने जनाएको छ। कम्पनीले सम्पूर्ण सरोकारवालाहरूलाई अभियानको जानकारी बढीभन्दा बढी सेवाग्राहीसम्म पुर्‍याउन सहयोग गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS