IME Life New

निफ्रामा रहेको १० लाख ८० हजार कित्ता शेयर बेच्दै आइएमई लिमिटेड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)मा आइएमई लिमिटेडको स्वामित्वको १० लाख ८० हजार कित्ता शेयर बिक्रीमा राखिएको छ।

आइएमईको स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई निफ्राका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।

Esewa
Crest

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ संस्थापक शेयरधनीहरुले निवेदन दिन न्यूनतम मूल्य वा सोभन्दा बढी कबोल गर्न सक्नेछन्।

शेयर खरिदका लागि निवेदन काठमाडौंको बानेश्वरस्थित बैंकको रजिस्टर्ड कार्यालयस्थित कानुन विभागमा पेस गर्न सकिनेछ। यसका लागि ३५ दिनको समय दिइएको छ।

इच्छुक संस्थापक शेयरधनीले तोकिएको अवधिभित्र शेयर खरिदका लागि निवेदन नदिएको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने निफ्राले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS