काठमाडौं । मंगलबार नेप्से परिसूचक २७७७.५८ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक २२.२१ अंकले बढेको छ। आज बजार इण्ट्राडे हाईमा बन्द भएको छ । बजारको उच्च विन्दु मै बजार बन्द भएकोले बजारमा अन्तिम समयमा खरिदकर्ता आकर्षित भएको बुझ्न सकिन्छ ।
आज ५ अर्ब २६ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ । ब्रोकर नम्बर ५८ बाट ७९ करोड ३२ लाखको कारोबार भएको छ जसमा ४३ करोड ६२ लाखको खरीद छ भने ३५ करोड ७० लाखको विक्री छ । त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४२ बाट २१ करोड १० लाखको खरीद छ भने १७ करोड १२ लाखको विक्री छ । आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये ३ ब्रोकरले खरिद धेरै गरेका छन् भने २ले विक्री धेरै गरेका छन्।













