IME Life New

भुक्तानी सेवाप्रदायक संस्थाका लागि राष्ट्र बैंकले जारी गर्यो कडा निर्देशन, थपियो यस्ता मापदण्ड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवाप्रदायक संस्थाका लागि कडा निर्देशन जारी गरेको छ।

केन्द्रीय बैंकले भुक्तानीसम्बन्धी कार्य गर्ने (बैंक तथा वित्तीय संस्थाबाहेक) संस्थाका नाममा जारी एकीकृत निर्देशनमा संशोधन गर्दै थप कडा व्यवस्था ल्याएको हो। संशोधित निर्देशनमा संस्थाको उपयुक्तताको मापनसम्बन्धी मापदण्ड सम्बन्धनमा केही व्यवस्था थपिएको छ।

Esewa
Crest

अब संस्थाको सञ्चालन, व्यवस्थापन तथा कामकारबाहीमा प्रत्यक्ष वा अप्रत्यष रुपमा स्वामित्व हुने, नियन्त्रण गर्ने वा सहभगी हुने वा सोको वास्तविक धनी वा हिताधिकारीको वित्तीय गैरकानुनी आर्जन वा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आपराधिक सम्बन्धमा संस्थाले तल उल्लेखित विवरण केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागमा पेस गर्नुपर्नेछः

  • सम्बन्धित व्यवसायसम्बन्धी प्रचलित कानुनबमोजिम मापदण्ड पालनाको स्वघोषणा।
  • सम्बन्धित व्यक्तिको नाम, थर, ठेगाना, पारिवारिक विवरण, वास्तविक धनी तथा हिताधिकारीको विवरण।
  • नेपाल वा विदेशमा कुनै कसुरमा संलग्न भए वा नभएको घोषणा र भएको भए सोको विस्तृत विवरण र वर्तमान अवस्था।
  • कुनै प्रकारको मुद्दा मामिला, अनुसन्धान, वैकल्पिक विवाद समाधानको प्रक्रिया वा न्यायिक वा प्रशासनिक कारबाही प्रक्रियामा रहेको लिखित रुपमा जानकारी भएको भए सोको विवरण।
  • अदालत वा अधिकारप्राप्त अधिकारीको फैसला वा आदेशबमोजिम तिर्नु, बुझाउनुपर्ने राजस्व, सरकारी बाँकी बक्यौता रहे वा नरहेको विवरण।
  • नेपाल वा विदेशमा कर्जासम्बन्धी कालोसूचीमा परे वा नपरेको विवरण।
  • नेपाल र विदेशमा स्वार्थको द्वन्द्व हुन सक्ने अवस्था विद्यमान रहे वा नरहेको विवरण।
  • सम्बन्धित व्यक्ति नेपाली नागरिक भए निजको नेपालबाहिर कुनै सम्पत्ति रहे वा नरहेको वा कुनै सम्पत्तिमा वास्तविक धनी वा हिताधिकारी भए वा नभएको घोषणा।
  • विगतमा संलग्न भएको कार्य, संस्था, प्राप्त भएको जिम्मेवारी, पुरस्कार, सजायको अवस्था, कार्य सफलताको उदाहरणलगायतका विषय खुल्ने सम्बन्धित क्षेत्रको कार्यानुभवसम्बन्धी विवरण।

माथिको विवरण देहायको अवस्थामा पेस गर्नुपर्नेछ

  • चुक्तापुँजीको ५ प्रतिशत वा ५० लाख रुपैयाँभन्दा बढीको शेयर वा पुँजी लगानी वा खरिद गर्दा।
  • सूचक संस्थाको सञ्चालक वा उच्च व्यवस्थापकीय पद वा तहमा नियुक्ति वा मनोनयन गर्दा।
  • ५ प्रतिशत वा २५ लाख रुपैयाँभन्दा बढीको शेयर वा पुँजीमा वास्तविक धनी वा हिताधिकारी रहँदा।

संशोधित निर्देशनमार्फत तोकिएको मापदण्ड प्रारम्भ हुँदाका बखत कायम रहेको व्यक्तिको हकमा उल्लेखित विवरण विभागमा पेस गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS