IME Life New

आक्रमक ढंगले जनशक्ति बढाउँदै निर्जीवन बीमक, थप्दै शाखा संख्या पनि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो एक वर्षको तथ्यांक हेर्ने हो भने जीवन बीमकको तुलनामा निर्जीवन बीमकहरुले आक्रामक ढंगले जनशक्ति बढाएका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२।८३ को वैशाखसम्म निर्जीवन बीमकहरुमा ६ हजार २९२ कर्मचारी कार्यरत छन्। अघिल्लो वर्ष यही अवधिसम्म निर्जीवन बीमकहरुमा ६ हजार ७५ जना कार्यरत थिए। यस हिसाबले पछिल्लो एक वर्षको अवधिमा निर्जीवन बीमकहरुमा थप २१७ जनाले रोजगारी पाएका छन्।

Esewa
Crest

पछिल्लो एक वर्षको अवधिमा निर्जीवन बीमकहरुको ३ वटा शाखा कार्यालय थपिएको छ। अघिल्लो वर्ष वैशाखसम्म निर्जीवन बीमकहरुको १ हजार १५१ वटा कार्यालय संख्या रहेकोमा समीक्षा अवधिसम्म बढेर १ हजार १५४ पुगेको छ।

उता जीवन बीमकहरुको कार्यालय संख्या भने घटेको छ। अघिल्लो वर्ष वैशाखसम्म जीवन बीमकहरुको कार्यालय संख्या १ हजार ८४७ वटा रहेकोमा समीक्षा अवधिसम्म घटेर १ हजार ८४० वटामा खुम्चिएको छ।

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म जीवन बीमकहरुमा कर्मचारी संख्या भने थोरै बढेर ६ हजार ९६ पुगेको छ। अघिल्लो वर्ष वैशाखसम्म जीवन बीमकहरुमा ६ हजार ८७ जना जना कार्यरत थिए। पछिल्लो एक वर्षको अवधिमा जीवन बीमकहरुमा ९ जना मात्र कर्मचारी थपिएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS