IME Life New

‘मोबाइलमार्फत वित्तीय सेवा प्रयोग गर्दा आफ्नै नाममा दर्ता भएको सिमकार्ड प्रयोग गरौँ’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय डिजिटल उपकरणको प्रयोगबाट वित्तीय कारोबार गर्ने क्रम निकै बढेको छ। कहीँकतै मात्रै नगद कारोबार भइरहेको देख्न पाइन्छ।

डिजिटल कारोबार बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले आज वित्तीय चेतनाका लागि सूचना जारी गर्दै मोबाइलमार्फत वित्तीय सेवा प्रयोग गर्दा आफ्नै नाममा दर्ता भएको सिमकार्ड र आधिकारिक एप्लिकेसन मात्र प्रयोग गर्न सुझाव दिएको छ। ‘बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र भुक्तानी सेवा प्रदायकले प्रदान गर्ने वालेटजस्ता सेवाहरु तपाइँले दर्ता गराउनुभएको मोबाइल नम्बर वा ई–मेलसँग आबद्ध गरिएका हुन्छन्। जसमा तपाइँको खातासम्बन्धी महत्वपूर्ण विवरण जोडिएका हुन्छन्’, सूचनामा भनिएको छ, ‘त्यसैले कुनै पनि कारणवश तपाइँको मोबाइल नम्बर वा ई–मेल ठेगाना परिवर्तन भएको अवस्थामा सम्बन्धित वित्तीय सेवा प्रदायकलाई जानकारी गराउनुपर्दछ।’

Esewa
Crest

आफ्नो मोबाइल फोन हराएको, चोरी भएको वा नम्बर परिवर्तन भएको अवस्थामा सोको जानकारी सम्बन्धित वित्तीय सेवा प्रदायकलाई समयमै नगराए तपाइँको खातासम्बन्धी महत्वपूर्ण विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम रहने राष्ट्र बैंकको भनाइ छ। ‘तसर्थ, जुनसुकै कारणले आफ्नो मोबाइल नम्बर परिवर्तन भएमा यथाशीघ्र सम्बन्धित वित्तीय सेवा प्रदायकलाई जानकारी गराउनुहोस् र आफ्ना महत्वपूर्ण वित्तीय विवरण सुरक्षित राख्नुहोस्’, राष्ट्र बैंकले भनेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS