IME Life New

दुई वाणिज्य बैंकको ५ लाख बढी कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दुई वाणिज्य बैंकको ५ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

सिटिजन्स बैंक र कुमारी बैंकको कुल ५ लाख ७ हजार ६८१.६६ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। जसमा सिटिजन्स बैंकको २ लाख ७७ हजार २६४.६६ कित्ता र कुमारी बैंकको २ लाख ३० हजार ४१७ कित्ता शेयर रहेका छन्।

Esewa
Crest

सिटिजन्स बैंकको शेयरमा योग्य व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन दिन सक्नेछन् भने कुमारी बैंकको शेयरमा बैंकका संस्थापक शेयरधनीहरुले खरिदका लागि निवेदन दिनुपर्नेछ। सिटिजन्स बैंकको शेयर किन्न १५ दिनभित्र र कुमारी बैंकको शेयर खरिद गर्न निवेदन ३५ दिनभित्र दिनुपर्नेछ।

निवेदन सिटिजन्स बैंकको शेयरका लागि काठमाडौंको नारयाणहिटी पथस्थित बैंकको कन्द्रीय कार्यालयमा पेस गर्न सकिन्छ। कुमारी बैंकको शेयर खरिद गर्न भने संस्थापक शेयरधनीहरुले काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटलको कार्यालय र टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालयमा निवेदन दिनुपर्नेछ।

कुमारी बैंकको शेयरमा तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS