काठमाडौं । नेपाली बजारमा आज जेठ १८ गते सुनको भाउ सामान्य घटेको छ भने चाँदीको भाउमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन चाँदीको भाउ तोलामा २ सय रुपैयाँले घटेको हो।
योसँगै आज सुन प्रतितोला ३ लाख १० हजार ९ सय रुपैयाँ कायम भएको छ। हिजो आइतबार सुन प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य भने सामान्य बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५ हजार ३ सय ५५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।












