IME Life New

गरिमा विकास बैंकको खराब कर्जा ‘डेन्जर जोन’मा, सीईओ उपाध्याय नेतृत्वमाथि गम्भीर प्रश्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। गरिमा विकास बैंकले चालु आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दा बाहिरबाट नाफा बढेको देखिए पनि बैंकको वास्तविक वित्तीय स्वास्थ्य भने जोखिमपूर्ण बन्दै गएको संकेत देखिएको छ। विशेषगरी बैंकको खराब कर्जा खतराको सीमासम्म पुगेपछि सीईओ माधवप्रसाद उपाध्यायको नेतृत्व क्षमतामाथि गम्भीर प्रश्न उठ्न थालेको छ।

बैंकको निष्क्रिय कर्जा अनुपात (एनपीएल) ४.७७ प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैंकको नियामकीय सीमाभन्दा केही तल मात्रै रहेको यो तथ्यांकले बैंकको कर्जा असुली प्रणाली लगभग असफल अवस्थामा पुगेको संकेत गर्छ। गत वर्ष पनि एनपीएल ४.७८ प्रतिशत थियो। अर्थात्, एक वर्ष बित्दा पनि व्यवस्थापनले खराब कर्जा नियन्त्रणमा कुनै उल्लेखनीय सुधार ल्याउन सकेन।

Esewa
Crest

बैंकिङ क्षेत्रमा ५ प्रतिशत हाराहारीको खराब कर्जालाई उच्च जोखिमको संकेत मानिन्छ। यस्तो अवस्थामा बैंकलाई लाभांश वितरणमा समेत नियामकीय अंकुश लाग्न सक्छ। तर, सीईओ उपाध्याय नेतृत्वको व्यवस्थापनले कर्जा असुलीलाई प्रभावकारी बनाउन नसक्दा बैंक झन् जोखिमतर्फ धकेलिएको देखिन्छ।

ऋणीहरुले सावाँ–ब्याज समयमै नतिरेपछि बैंकले सम्भावित नोक्सानी व्यवस्थापन गर्न मात्रै ३९ करोड ४ लाख रुपैयाँ ‘इम्पेयरमेन्ट चार्ज’ छुट्याउनु परेको छ। यसले बैंकको आन्तरिक कर्जा व्यवस्थापन र जोखिम नियन्त्रण प्रणाली कमजोर बनेको देखाउँछ।

व्यवस्थापनले अर्थतन्त्रको चुनौतीपूर्ण अवस्थालाई कारण देखाए पनि बैंकिङ विश्लेषकहरु भने असुली संयन्त्र परिचालनमा नेतृत्व तहकै कमजोरी मुख्य कारण भएको बताउँछन्। प्रभावकारी अनुगमन, जोखिमयुक्त कर्जा नियन्त्रण र असुली रणनीति बनाउन नसक्दा बैंकको वित्तीय अवस्था दबाबमा परेको देखिएको छ।

वित्तीय विवरणअनुसार बैंकले १ अर्ब ४ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको दाबी गरेको छ। तर, नियामकीय व्यवस्थाअनुसार विभिन्न कोषमा रकम छुट्याएपछि वितरणयोग्य नाफा जम्मा ६२ करोड ७२ लाख रुपैयाँमा सीमित भएको छ। यसले बैंकले देखाएको नाफा वास्तविक नगद क्षमता र शेयरधनी लाभभन्दा बढी लेखांकनमा आधारित रहेको संकेत गर्छ। प्रतिशेयर आम्दानी २३.२१ रुपैयाँ पुगे पनि वितरणयोग्य नाफा कमजोर हुँदा लगानीकर्ताले अपेक्षित प्रतिफल पाउने सम्भावना न्यून देखिएको छ।

सीईओ उपाध्यायमाथि असफल नेतृत्वको आरोप

बढ्दो खराब कर्जा, कमजोर असुली, उच्च जोखिम खर्च र सीमित वितरणयोग्य नाफाले गरिमा विकास बैंकको व्यवस्थापन क्षमतामाथि नै प्रश्न खडा गरेको छ। विशेषगरी सीईओ उपाध्यायले बैंकलाई जोखिमबाट बाहिर निकाल्ने स्पष्ट रणनीति दिन नसकेको भन्दै बैंकभित्रै असन्तुष्टि बढ्न थालेको चर्चा छ।

संख्यात्मक रुपमा नाफा बढेको देखिए पनि बैंकको वास्तविक अवस्था भने कमजोर बन्दै गएको वित्तीय विवरणले देखाएको छ। समयमै सुधारात्मक कदम चाल्न नसके गरिमा विकास बैंक थप संकटतर्फ धकेलिन सक्ने चिन्ता लगानीकर्ता र बजार वृत्तमा बढ्न थालेको छ।

२०८१ वैशाखदेखि उपाध्यायले बैंकमा सीईओको कार्यभार सम्हालेका हुन्। उनी बैंकमा गएपछि बैंक नयाँ उचाइमा पुग्ने विश्वास गरिएकोमा त्यसो हुन नसकेको भन्दै भित्रभित्रै असन्तुष्टि बढ्दो रहेको बैंकका कर्मचारीहरु बताउँछन्।

सोही बैंकमा लामो समय बिताएका उपाध्यायमाथि बैंकले धेरै अपेक्षा गरेको भए पनि सोचेजस्तो भएको छैन। बैंकको वित्तीय स्वास्थ्यमा चुनौती बढ्दै गइरहेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS