IME Life New

अर्थमन्त्रीको स्पष्टोक्ति- ‘कर्मचारीलाई झुक्याइएको छैन, तलब २१ प्रतिशतले नै बढेको हो’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर्मचारीको तलब वृद्धिका विषयमा अर्थमन्त्री स्वर्णिम वाग्लेले स्पष्ट पारेका छन्।

अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री वाग्लेले कर्मचारीको तलब वृद्धिका विषयमा स्पष्ट पारेका हुन्। ‘आगामी आर्थिक वर्षको बजेटमार्फत राष्ट्रसेवक कर्मचारीको तलब २१ प्रतिशत नै वृद्धि गरिएको छ, यसमा डाउट नहोस्’, उनले भने, ‘बाहिर सरकारले ढाँट्यो कि क्या हो वा झुक्यायो भन्ने कुरा उठिरहेको छ । त्यस्तो हुँदैन । तलब वृद्धि २१ प्रतिशत नै हो।’

Esewa
Crest

अर्थमन्त्री वाग्लेले १० प्रतिशत आधार तलबमा बढेको र अर्को १० प्रतिशत कार्यसम्पादनसँग जोडिने गरी बढाइएको पनि स्पष्ट पारे। ‘विगतदेखि दिइँदै आएको ५ हजार रुपैयाँ महँगी भत्तालाई पनि निरन्तरता दिएका छौँ।’

यसपालिसबैलाई एकमुष्ट तलब बढाइएको भए पनि आगामी वर्षहरुमा यसलाई कार्यसम्पादनका आधारमा मापन गर्न सकिने गरी सुधार गर्दै लैजाने अर्थमन्त्री वाग्लेले बताए। ‘प्रोत्साहन भत्ता साँच्चिकै कार्यसम्पादनकै आधारमा दिइने व्यवस्था लागू गरिनेछ’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS