IME Life New

शेयर बजारको पुँजीगत लाभकर नै अन्तिम कर हो, भ्रम छर्ने काम नगरौँ: अर्थमन्त्री

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले शेयर बजारको पुँजीगत लाभकर नै अन्तिम कर रहेको स्पष्ट पारेका छन्।

अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री वाग्लेले स्पष्ट पारेका हुन्। ‘लगानीकर्ता साथीहरु मन्त्रालयमै आएर पुँजीगत लाभकरलाई नै अन्तिम कर बनाउन आग्रह गर्नुभएको थियो’, उनले भने, ‘सरकारले बढो उदारताका साथ उहाँहरुको माग पूरा गरिदिएको छ।’

Esewa
Crest

बजेट सार्वजनिक भएपछि यस विषयमा विभिन्न भ्रम छर्न खोजिएकोप्रति अर्थमन्त्री वाग्लेले ध्यानाकर्षण गराए। ‘लगानीकर्ताहरुले साथीहरुले बरु पुँजीगत लाभकर ५ प्रतिशतसम्म बढाउँदा हुन्छ तर अन्तिम कर हुनुपर्यो भन्नुभएको थियो’, उनले भने, ‘सरकारले ५ प्रतिशत ७.५ प्रतिशत र ७.५ प्रतिशत १० प्रतिशत पुँजीगत लाभकर कायम गरेर अन्तिम करका रुपमा घोषणा गरेको छ। तर, कतिपयले कर बढायो भनेर भ्रम गर्ने काम गरिरहेका छन्, यस्तो काम नगरौँ।’

भारतको उदाहरण दिँदै अर्थमन्त्री वाग्ले नेपालको शेयर बजारको पुँजीगतमा सरकार धेरै नरम रहेको बताए। ‘भारतमा १० प्रतिशत र २० प्रतिशत छ’, उनले भने, ‘नेपालमा ७.५ प्रतिशत र १० प्रतिशत कायम गर्दा सरकारप्रति किन भ्रम छरिँदैछ।’

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS