IME Life New

शेयर कारोबारको पुँजीगत लाभकर बढ्यो, तर अन्तिम कर घोषणाले लगानीकर्ता उत्साहित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले शेयर कारोबारबाट उठाउने पुँजीगत लाभकरको दर बढाएको छ।

सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेपछि जारी गरेको आर्थिक विधेयकमार्फत शेयर कारोबारबाट उठाउने पुँजीगत लाभकरको दर बढाएको हो। अब लगानीकर्ताले अल्पकालीन शेयर कारोबारमा १० प्रतिशत र दीर्घकालीन लगानीकर्ताले ७ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्नेछ।

Esewa
Crest

हाल अल्पकालीन शेयर कारोबारमा लगानीकर्ताले ७.५ प्रतिशत र दीर्घकालीन कारोबारमा ५ प्रतिशत पुँजीगत लाभकर तिर्दै आएका थिए। अल्पकालीन भन्नाले १ वर्षभित्रको कारोबार र दीर्घकालीन भनेको १ वर्षपछि गरिने कारोबारलाई बुझाउँछ। यस हिसाबले अल्पकालीन कारोबारमा पुँजीगत लाभकर ३३.३३ प्रतिशत र दीर्घकालीन कारोबारमा पुँजीगत लाभकर ५० प्रतिशतले बढेको छ।

यद्यपि, सरकारले आगामी वर्षको बजेटमातर्फ शेयर कारोबारबाट उठाउने पुँजीगत लाभकर नै अन्तिम कर हुने घोषणा गरेको छ। यसअघि सरकारले आधिकारिक रुपमा शेयर कारोबारबाट उठाउने पुँजीगत लाभकर नै अन्तिम कर हुने भन्ने घोषणा गरेको थिएन।

आर्थिक विधेयकमार्फत पुँजीगत लाभकर बढे पनि बजेटमार्फत सरकारले शेयर बजारबाट उठाउने पुँजीगत लाभकर नै अन्तिम कर हुने घोषणा गर्नुलाई लगानीकर्ताहरुले सकारात्मक रुपमा लिएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS