IME Life New

पुँजीबजार सुधारमुखी बजेटले नयाँ युगको सुरुआत गरेको छः अध्यक्ष सागर ढकाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक ब्रोकर एसोसिएसनले नेपाल सरकारद्वारा सार्वजनिक आर्थिक वर्ष २०८३।८४ को बजेटप्रति सकारात्मक प्रतिक्रिया जनाएको छ। विशेषगरी पुँजीबजार सुधार, प्रविधिमैत्री कारोबार प्रणाली, गैरआवासीय नेपाली लगानी आकर्षण तथा आधुनिक वित्तीय उपकरणको सुरुआतसम्बन्धी घोषणालाई ब्रोकर समुदायले ऐतिहासिक तथा दूरदर्शी कदमका रुपमा व्याख्या गरेको छ।

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का कार्यकारिणी समिति सदस्य तथा नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले बजेटले नेपालको पुँजीबजार सुधार तथा लगानीमैत्री वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने बताए। उनले भने, ‘यस वर्षको बजेटले नेपालको पुँजीबजारलाई केवल शेयर कारोबारको माध्यमका रुपमा होइन, राष्ट्रिय अर्थतन्त्रको विकास साझेदारका रुपमा स्वीकार गरेको देखिन्छ। सरकारले पुँजीबजार सुधारलाई प्राथमिकतामा राख्दै आधुनिक वित्तीय उपकरण, लगानीकर्ता संरक्षण तथा बजार विस्तारलाई जोड दिनु अत्यन्त सकारात्मक विषय हो।’

Esewa
Crest

बजेटमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना, इन्ट्राडे कारोबार, सर्ट सेलिङ तथा डेरिभेटिभ उपकरण चरणबद्ध रुपमा लागू गर्ने घोषणा गरिएको छ। अध्यक्ष सागर ढकालले यी व्यवस्थाले नेपाली पुँजीबजारलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे। उनले भने, ‘इन्ट्राडे, सर्ट सेलिङ र डेरिभेटिभजस्ता अन्तर्राष्ट्रिय अभ्यासमा आधारित उपकरणको सुरुआतले बजारमा तरलता बढाउनुका साथै संस्थागत लगानी र बजारको प्रभावकारितासमेत वृद्धि गर्नेछ। यसले नेपाली पुँजी बजारलाई थप परिपक्व, विश्वसनीय र प्रतिस्पर्धी बनाउने अपेक्षा गरेका छौँ।’

बजेटमा गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहभागी गराउने कानुनी व्यवस्था परिमार्जन गर्ने घोषणा गरिएको विषयलाई पनि अध्यक्ष ढकालले अत्यन्त महत्वपूर्ण कदमका रुपमा लिएका छन्। उनले भने, ‘विश्वभर रहेका नेपालीहरुको पुँजी, अनुभव र विश्वासलाई नेपालको पुँजी बजारमा आकर्षित गर्न सके बजारको आकार, गहिराइ र स्थायित्व उल्लेखनीय रुपमा बढ्नेछ। गैरआवासीय नेपालीको सहभागिताले दीर्घकालीन लगानी संस्कृतिलाई मजबुत बनाउनेछ।’

त्यसैगरी सूचीकृत कम्पनीको शेयर बिक्रीमा लाग्ने पुँजीगत लाभकरलाई अन्तिम कर बनाउने निर्णयले लगानीकर्तामा रहेको करसम्बन्धी अन्योल हट्ने अध्यक्ष ढकालको भनाइ छ। उनले सरकारद्वारा इनसाइडर ट्रेडिङ तथा शेयर कर्नरिङविरुद्ध लिइएको शून्य सहनशीलताको नीतिलाई पनि स्वागत गरे। उनले भने, ‘बजारको विश्वसनीयता कायम राख्न पारदर्शिता, सुशासन र नियामकीय क्षमता अत्यन्त आवश्यक हुन्छ। सरकारले अनियमित गतिविधिविरुद्ध कडा नीति लिएको विषयले वास्तविक लगानीकर्तामा विश्वास अझ बढाउनेछ।’

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का कार्यकारिणी समिति सदस्यसमेत रहेका अध्यक्ष ढकालले निजी क्षेत्र, सरकार र नियामक निकायबीच प्रभावकारी सहकार्य आवश्यक रहेकोमा जोड दिए। उनले भने, ‘अबको मुख्य आवश्यकता भनेको बजेट घोषणाको प्रभावकारी कार्यान्वयन हो। पुँजी बजार, बैंकिङ क्षेत्र, निजी क्षेत्र र सरकारबीच समन्वयात्मक सहकार्य भयो भने नेपालको अर्थतन्त्रलाई नयाँ गति दिन पुँजी बजारले निर्णायक भूमिका खेल्न सक्छ।’

स्टक ब्रोकर समुदायले बजेटले नेपालको पुँजीबजारलाई आधुनिक, डिजिटल, पारदर्शी तथा लगानीमैत्री दिशातर्फ अघि बढाउने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS