IME Life New

अनुसन्धान तथा नवप्रवर्तनका लागि पूँजीगत खर्चको एक प्रतिशत विनियोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तनका लागि पूँजीगत खर्चको न्यूनतम एक प्रतिशत रकम विनियोजन गर्ने घोषणा गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सो घोषणा गरे ।

नवउद्यम, स्टार्टअप, नवप्रवर्तन तथा उद्यमशीलतालाई आर्थिक रूपान्तरणका आधार बनाइने बजेटमा उल्लेख छ । अर्थमन्त्री वाग्लेले नवउद्यमलाई पहिचान, सीप, बजार र वित्तीय पहुँचसँग जोड्दै नाफा आबद्ध कर सहुलियत, सार्वजनिक खरिदमा प्राथमिक पहुँच, डिजिटल दर्ता तथा नियामकीय सहजीकरणमार्फत नवउद्यम सञ्चालन प्रणालीलाई सुदृढ बनाइने बताए ।

Esewa
Crest

बजेटमा नवउद्यम वित्तपोषणलाई केवल ऋणमा आधारित मोडेलमा सीमित नराखी प्रारम्भिक चरणमा अनुदान, सम्भाव्यता प्रमाणित उद्यमका लागि सहुलियतपूर्ण कर्जा तथा विस्तार चरणमा वृद्धि पुँजीको व्यवस्था गरिएको छ । निजी क्षेत्र र गैरआवासीय नेपालीको सहलगानीलाई प्रोत्साहन गरिने बजेटमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS